शुक्रबार, चैत्र १६, २०८०

किसान आयोगको बुटवलमा गोष्ठी

बुटवल, २४ कात्तिक । राष्ट्रिय किसान आयोगले बुटवलमा किसान आयोग गठनबारे अभिमुखिकरण गोष्ठी गरेको छ । कार्यक्रममा बोल्दै सहभागीहरुले अहिले पनि किसानलाई राज्यले हेर्ने दुष्टिकोणमा ठोस परिर्वतन आउन नसकेको भन्दै किसान पेशालाई सम्मानजनक पेशाको रुपमा विकास गर्न सबैको हातेमालो जरुरी रहेको बताएका छन् । कार्यक्रममा बोल्दै राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्र बहादुर श्रेष्ठले किसानहरुलाई राज्यले हेर्ने दृष्टिकोणमा परिर्वतन नआएकै कारण आयोग गठन भएको जानकारी दिए ।
उनले नेपालका ७ वटै प्रदेशमा किसान आयोग गठनको बारेमा जानकारी दिनको लागि गोष्ठी आयोजना गरिएको जानकारी दिदै प्रदेश नम्बर ७ र ६ को गोष्ठी सकि बुटवलमा प्रदेश नम्बर ५को गोष्ठी सञ्चालन गरिएको जानकारी दिए । उले ६५.६ प्रशित जनता कृषिमा संलग्न भएको देशमा कृषिले आशाति रुपमा सफल ता पाउन नसक्नु को कारण राजनीतिक स्पष्ट कृषि नीतीको अभाव भएको बताएका थिए ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक २४, २०७४