शनिबार, बैशाख ८, २०८१

किसानहरूमा दानाप्रति चेतना बढ्दै छ – प्रमोदकुमार रिजाल, वरिष्ठ मत्स्य विकास अधिकृत

rijal1मत्स्य पालनमा युवाहरुको आकर्षण बढ्नुको कारण को हो ?
विदेशबाट आएका युवाहरु बढी मत्स्य पालनमा आकर्षित भएका छन् । कारण कम श्रम गर्नु पर्ने र सरकारले युवा स्वरोजगार कार्यक्रम मार्फत अनुदान रकम दिन शुरुवात गरेका कारण पनि यो भएको हुन सक्छ । साधारण मेहनतबाट पनि माछामा बढी फाइदा लिने सकिने अर्को कारण पनि युवाहरु बढी आकर्षित देखिएका छन् ।
माछा पालन व्यवसायस“ग माछालाई प्रयोग गरिने दाना उत्पादक बढ्न थालेका छन् नि ?
केही हदसम्म ठिक हो तर सरकारले माछा पालन गर्ने किसानहरुलाई विभिन्न खालका तालिमहरु सञ्चालन गरिरहेका छौं । तालिम कै अवधिमा पनि किसानहरुलाई माछा पानी खाएर मात्र बाूच्ने जीव होइन भन्दै आएका छौं । यसलाई बढ्न, हुर्कन र बढी तौल बनाउनका लागि पनि खाद्यान्नको आवश्यक पर्दछ । माछा पालन गर्ने किसानहरुको बर्गिकरण गर्दा के पायौं भने कोही भुरा माछा झिक्ने र राख्ने, कोही मलजल सहित माछा पालन गर्ने पनि देखिए । अहिले माछा पालन व्यवसायिकरण तर्फ उन्मूख भएपछि उनीहरुले दाना प्रयोग थाले जसले गर्दा माछाको दाना उद्योग पनि आउन थालेका छन् । कसैले तैरने दाना उत्पादन गरिरहेका छन् भने डुब्ने दाना ल्याएका छन् । जसले माछा उत्पादनमा धेरै नै फाइदा हुन्छ । दाना ख्वाउनु अनिवार्य नै छ ।
माछालाई दाना ख्याउनु अनिवार्य छ भन्नु हुन्छ तर दानाको गुणस्तरका कुरा आउला नि त ?
गुणस्तर छैन भनेर भन्ने अवस्था छैन । हामीले दाना उत्पादन गर्ने कम्पनीहरुबाट दाना ल्याएर गुणस्तरका लागि खाद्य प्रविधि गुणस्तर नियन्त्रण विभागमा पठाउने गरेका छौं । हामीले गुणस्तर जा“च गर्दा गुणस्तरयुक्त नै पाएका छौं । भोलीका दिनमा दानामा प्रयोग गरिने बस्तुहरु पोषण युक्त हुन्छन् भन्ने कुरा पोषण विज्ञहरुबाट हेर्ने छौं । अहिले हामीले प्रोटिन कत्तिको मात्रामा छ भन्ने कुरा हो त्यो मापदण्ड बमोजिम नै छ ।
माछा उत्पादनका लागि दानाको प्रयोग बढिरहेको छ । माछा पालन गर्ने किसानहरु पनि बढ्दै छन् तर पनि माछा आयात गर्नु पर्ने अवस्था छ । आयातलाई कमी गर्न के गर्नु पर्ला त ?
सवैभन्दा ठूलो कुरा भनेको व्यवस्थापन हो । व्यवस्थापन भनेको गुणस्तरीय भुरा, पानीको गुणस्तर कायम गर्ने, दाना मलको उचित व्यवस्था गर्ने, र नियमति स्वास्थ्य हेरचाह गर्ने हो  भने र बजारमा आएका प्रविधिलाई उचित प्रयोग गर्न सकियो भने माछा उत्पादन बढाउन सकिन्छ । र फाइदा पनि लिन सकिन्छ उत्पादन बढाउन सकियो भने आयात कम स्वभाविक रुपले हुन्छ ।
माछाका लागि दाना उत्पादकहरु बढ्दै छन् किसानका पक्षमा नै दाना उत्पादन गरिरहेका छन् कि छिटो फाइदा लिने किसिमले काम गरिरहेका छन् ?
हाम्रो अनुगमनले के देखायो भने माछाका लागि उत्पादित दाना किसानका लागि अपुग भईरहेको छ । माग बढेको छ आपूर्ति कम छ । त्यसकारण पनि उत्पादन बढाउन तर्फ उत्पादकहरु लाग्नु पर्दछ । किनकी माछाको दाना नेपाल बाहिरबाट ल्याउनु पर्ने वाध्यता देखिएको छ ।
अव केही बर्षमा नेपालमा माछाको दाना पर्याप्त प्रयोग हुन्छ त्यसो भए ?
हामीले दानामा कुरा नगरिरहेको अवस्थामा माछाको दाना उत्पादकहरु आईरहेका छन् । दाना उत्पादनका कारण माछाको उत्पादन पनि बढ्ने भएका कारण उत्पादकहरु किसानहरु सम्म नै पुगेको अवस्था छ । माछा पालन गर्ने किसानहरुमा पनि दानाप्रति चेतना अभिबृद्धि हुूदै छ । यसले के पनि देखाउछ भने माछालाई दाना प्रयोग गरेर नै धेरै भन्दा धेरै फाइदा लिन सकिने रहेछ भन्ने कुरा किसानहरुले बुझ्ने छन् र माछाका लागि दाना पर्याप्त हुन्छ । त्यसले उत्पादन पनि राम्रै हुन्छ जस्तो लाग्छ ।
दाना उत्पादक र किसानहरुलाई के भन्नु हुन्छ ?
जति पनि उत्पादकहरु आउनु भएको छ उहा“ले गुणस्तरयुक्त दाना उत्पादन गर्नु प¥यो र गुणस्तर युक्त दाना किसानका पु¥याउन सक्नु पर्दछ । अनि किसानहरुले पनि गुणस्तर युक्त दानाको मात्र प्रयोग गरी आफ्नो माछा पालन व्यवसायबाट बढी भन्दा बढी फाइदा लिनु होस् भन्ने आग्रह गर्दछु । -वैकुण्ठ भण्डारी

प्रकाशित मिति: आइतवार, चैत्र २३, २०७०