मङ्लबार, बैशाख ११, २०८१

किसानले सामूहिकरुपमा सुरु गरिएको व्यावसायिक तरकारीखेतीका लागि सिँचाइको व्यवस्था

krishilogoनेपालगन्ज, ७ कार्तिक । सेभ द चिल्ड्रेनको सहयोग र  बाँके युनेस्को क्लबले रु चार लाख ५५ हजारको लागतमा अगैया क्षेत्रका किसानले सामूहिकरुपमा सुरु गरिएको व्यावसायिक तरकारीखेतीका लागि सिँचाइको व्यवस्था मिलाएका छन् । सिँचाइ ट्याङ्की निर्माणका लागि कञ्चनापुर गाविसबाट रु २० हजार र श्रमदानबापत रु एक लाख ४८ हजार व्यहोरिएकोे जनाइएको छ ।
त्यस क्षेत्रका किसानको टुक्राटुक्रा जग्गालाई एकिकृत गरी ३९ घरधुरी मिलेर हाल ४० कठ्ठा जमिनमा मौसमी तथा बेमौसमी व्यावसायिक तरकारीखेती गर्दै आएको क्लबका अध्यक्ष परवेजअलि सिद्धिकीले बताए । व्यावसायिक तरकारीखेतीमा संलग्न कृषकले प्रगतिशील कृषक समूह गठन गरी त्यस मार्पmत खेतीको सम्पूर्ण कामको व्यवस्था मिलाएका छन् भने क्लबले कृषकलाई प्राविधिक, बीउविजन, व्यवस्थापनलगायतका विषयमा तालिम तथा सहयोग उपलव्ध गराउँदै आएको छ ।

प्रकाशित मिति: आइतवार, कार्तिक ७, २०७३