शनिबार, बैशाख ८, २०८१

किसानलाई के को दशैं धान काट्न भ्याइनभ्याइ

काठमाडौं । दशैंको खुशीयालीमा घुमफिर, आफन्त भेटघाटमा धेरै नेपालीहरु उल्लासका साथ लागिरहेको भएपनि किसानहरुका लागि दशैमा पनि अन्न कै चिन्ताले सताउने गरेको छ । माना रोपेर मुरी फलाउने किसानहरु यतिखेर दशैंको टिका थाप्ने भन्दा पनि धान काट्ने चटारो मै रमाईरहेका देखिन्छन् । Dhan
खेतैको डिलबाट निधारमा राता अक्षताका टिका र शिरभरी जमरा लगाएर हिड्ने ताँती भएपनि भक्तपुरका किसानहरुलार्य किसानहरुलाई भने धान भित्रयाउनका लागि भ्याई नभ्याई देखिएको छ ।
आकाशमा गड्याङगुडुङ हुना साथ किसानको मुटु थर्काउने गर्दछ । असिना पानी परेर पाकेको धान झार्ला भन्ने डरले दसैँको पर्वाह नगरी धान काट्न व्यस्त भएको नगरकोट नगरपालिका ताथली–३ की साबित्री बस्नेतले बताइन् । दसैँमा आफन्तको हातको टीका लगाउन पनि पर्ममा भएकाहरुले नगई नहुने ठाउँमा मात्रै पालो गरेर जाने र अरुले धान भित्र्याउन खेतमा जाने गरी पर्ममै मिलाएको उनले बताइन् ।
उनी भन्छिन् । ‘‘आकाश धुमिलिएको छ, असिना परेर पोहोरसालजस्तै धान झार्ला भन्ने डर छ । दसैँभन्दा धान काट्नै चटारो परेको छ ।’’
अहिले जिल्ला ताथली, सुडाल, चित्तपोल, बागेश्वरी, झौखेल, दुवाकोट, चाँगु, छालिङ्ग लगायतका क्षेत्रमा धान पाकेर फाँट नै पहेलोँ देखिएको छ ।
पाकेको धान भित्र्याउने यहाँका किसानलाई चटारो परेको छ । गतवर्ष असिना परेर पाकेको धान झारेपछि किसानहरु पानी पर्ने डरले पनि एक सातादेखि चाडपर्वको पर्वाह नगरी धान काट्न व्यस्त हुन् ।
सूर्यविनायक नगरपालिका नःखेलका शिवराजा खत्रीले दसैँ लागेपनि किसानले धान भित्र्याउन भने नछाडेको बताउँछन् । उनले भने, ‘‘दिनभरि चाड मनाएर बस्ने फुर्सद हामी किसानहरुलाई छैन, आधा दिन चाडवाडमा रमाउने, आधा दिन खेतमा धान काट्न व्यस्त भएकाले यसपटक कमै मात्र टाढाटाढाका आफन्तकहाँ टीका लाउन जानेछन् ।’’
भूकम्पले धेरैको घर भत्काएर टहरा र छाप्रोमा बास भएकाले कहाँ धान भित्र्याउने भन्ने समस्याले किसान चिन्तित देखिएका छन् । टहरामा धान राख्ने ठाउँ नै नभएपछि कतिपयले खेतबाटै धान बिक्री गर्न थालेका छन् ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक ६, २०७२