शनिबार, बैशाख ८, २०८१

कास्कीमा प्रधानमन्त्री कृषि आधुनिकीकरणको करामत

कास्की भाद्र १ । बाँसको खम्बा, भाटा र फलामे तारले कसेर र प्लास्टिक ओढाएर बनाइएको टनेल प्रणालीमा तरकारी खेती गर्दै आएका कास्कीका कृषक यतिखेर भने हाई टेक हरितगृह प्रविधि अपनाउन लालायित छन् । यो जिआई पाइप राखेर बनाइने तापमान अनुकूलित अत्याधुनिक प्रविधि हो ।

t/sf/Ldf gofF k|ljlw k|wfgdGqL s[lif cfw'lglss/0f ;'k/ hf]gcGtu{t sf:sLdf 3n] s[lif kmd{ kf]v/f–!$ rfpy]df tfkdfg cg's"lnt cTofw'lgs k|ljlwaf6 xl/tu[xdf t/sf/L v]tL ul/Fb} . tl:a/ M xl/ afF:tf]nf, kf]v/f, /f;;

नेपाल सरकार कृषि विकास मन्त्रालयअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुपरजोन “तरकारी” अन्तर्गत पोखरा लेखनाथ महानगरपालिकाको विभिन्न पाँच स्थानका कृषक हरितगृह निर्माण गरी मौसमी एवम् बेमौसमी बिरुवा र तरकारी उत्पादनमा जुटेका हुन् ।
‘आत्मनिर्भर अर्थतन्त्रका लागि कृषिको आधुनिकीकरण, व्यवसायीकरण र औद्योगिकीकरण’ भन्ने मूल नाराका साथ सरकारले शुरु गरेको यो परियोजनाबाट अनुदान लिएर कृषकले पहिलोपटक हेम्जा, गगनगौडा, सुन्दरीबजार, चाउथे र मझेरीपाटनमा हरितगृह निर्माण गरिसकेका छन् ।
शिशुवामा कृषि प्रविधि केन्द्र, लामातरा र पुम्दीभुम्दीमा स्थलगत तालिम केन्द्र, फलेपाटनमा प्राङ्गारिक मल, बाँझापाटनमा पोष्ट हर्भेष्ट, नागढुङ्गामा कस्टम हाइरिङ्ग र कालिकास्थानमा सिँचाइ योजना सञ्चालन भइरहेको परियोजना प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार परियोजनाको ८५ प्रतिशत र १५ प्रतिशत सम्बन्धित फर्मको लगानी हिस्साका आधारमा जिल्लामा व्यावसायिक तरकारी खेती विकास तथा विस्तारका लागि कूल रु ११ करोड ६१ लाख ७० हजार विनियोजन भएको थियो ।
समयाभाव र आवश्यक सामग्री र जनशक्तिसमेत परनिर्भर हुनु पर्दा आव २०७३/७४ को अन्तिमसम्ममा लगभग ६ करोड रुपैयाँ मात्रै लगानी हुनसक्यो । विषादी र माटो परीक्षण उपकरण खरिदको रकम फिर्ता भयो । यो प्रविधि अपनाउँदा सिधै घाम, पानी, किरा प्रवेश गर्न नसक्ने र बिरुवालाई आवश्यकताअनुसार लगभग पाँच डिग्रीसम्म तापक्रम तल–माथि गर्न सकिने जानकारी दिँदै उनले भने “अत्याधुनिक प्रविधियुक्त हरितगृहमा उत्पादित गुणस्तरीय बिरुवाले जिल्लामा तरकारी खेती विस्तारमा महत्वपूर्ण भूमिका खेलेको छ । कास्कीलाई तरकारीमा आत्मनिर्भर बनाउने परियोजनाको लक्ष्य छ ।” प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको यो प्रविधि युक्त करामतको भविष्य के हुने हो त्यो भने हेर्न वाँकी नै छ ।

प्रकाशित मिति: बिहिबार, भदौ १, २०७४