शुक्रबार, चैत्र १६, २०८०

कालीमाटी बजारका तरकारीमा क्लोरोपाइडापस विषादी भेटियो

काठमाडौं, श्रावण । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न ठाउँबाट उत्पादन भएका नौ थरीका तरकारीमा विषादीको परीक्षण गर्दा क्लोरोपाइडापस नामक विषादी प्रयोग गरेको फेला पारेको छ । विभागमा रहेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालामा नौवटा तरकारीको नमुनामा ३० प्रकारका विषादीको परीक्षण गर्दा क्लोरोपाइडापस नामक विषादी प्रयोग गरेको पाइएको हो ।
विभागले लौका, गोलभेडा, बोडी, आलु, घिउसिमी, काउली, च्याउ र करेलामा विषादी परीक्षण गरेको थियो । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले गत शुक्रबार कालिमाटीमा भित्रिएका तरकारीको नमुना संकलन गरी विषादी परीक्षणको प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार सुनसरीको लौका, रामकोट काठमाडौंको गोलभेडा र भक्तपुरको बोडी तथा भारत कानपुरको आलु र लौकामा एकै प्रकारको क्लोरोपाइडापस नामक विषादी प्रयोग भएको छ । उनले नौवटा उत्पादनमा ३० वटा विषादीको चेक गर्दा सबैमा खान मिल्ने सरकारले तोकेको मापदण्डभित्र नै रहेको बताए । प्रवक्ता महर्जनले ३० वटा विषादी गामा बीएचसी बेटा, डेल्टा बीएचसी, अल्फा क्लोरोपाइडापसलगायत विभिन्न ३० समूहको विषादी परीक्षणमध्येमा क्लोरोपाइडापस पीपीबी ५३ दशमलव ४१ लौका, गोलभेडामा ६ सय २५ दशमलव शुन्य ९ र बोडीमा २१ दशमलव ७४ प्रयोग भएको बताए । तर, यी सबै सरकारी मापदण्डभित्र नै रहेको बताए । सो विषादीको मात्रमा १ हजारसम्म भएको बताए । प्रवक्ता महर्जनलका भनाइ अनुसार सबै उत्पादनमा सरकारले तोकेको मापदण्डभित्रैको विषादी प्रयोग छ ।
सरकारले भन्सार बिन्दुमा भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी विषादी परीक्षणबिना नभिœयाउन गरेको ३ असारको निर्णयलाई १८ असारमा आएपछि सो निर्णय प्रयोगशाला नभएको भन्दै परीक्षण स्थगन गरेपछि चौतर्फी सरकारको आलोचना भइरहेको थियो । चौतर्फी आलोचना हुन थालेपछि मन्त्री खनाल प्रयोगशाला केन्द्रमा पुगेका थिए ।

कालिमाटी तथा तरकारी बजारस्थित परीक्षण केन्द्र स्थापनापछि कालिमाटीमा ५ असार २०७१ देखि तरकारीको नमुना परीक्षण गर्न सुरु गरेको थियो । सो केन्द्रमा विषादी परीक्षण गरे पनि दुई समूहको विषादी मात्र परीक्षण हुने गरेको थियो । जुन कार्वामेट र अर्गानोफस्फेट विषादी मात्र परीक्षण हँुदै आएको थियो ।
२०७१ देखि तरकारीको नमुना परीक्षण एक महिनामा ११५ वटा तरकरी तथा फलफूलको नमुना परीक्षण गरेको २६ वटा खाना नमिल्ने र ६ वटा केही दिन पर्खेर खाना मिल्ने अवशेष पाइएको थियो । यो वर्ष तरकारी तथा फलपूmलमा अत्यधिक विषादी प्रयोग गरेको पाइएको थियो । सो एक महिनाका विषादी परीक्षणमा कालिमाटी तथा फलपूmल तरकारी बजार भित्रिएको तरकारीमा १३ दशमलव ९० प्रतिशत विषादी पाइएको थियो । यस्तै ३ दशमलव २१ प्रतिशत केही दिन राखेर खान मिल्ने विषादीका अवशेष पाइएको थियो । शर्माले यसपछि निरन्तर तरकारी तथा फलपूmलमा विषादी परीक्षण गर्न थालेपछि घट्दै गएको बताए ।

आर्थिक वर्ष २०७१/७२ मा १ हजार ५७० वटा नमुनामा चारवटा खान नमिल्ने विषादी पाइएको थियो । जसमा शुन्य दशमलाव २५ प्रतिशत विषादी पाएको थियो । यसैगरी, केही दिन राखेर खान मिल्ने तरकारीको १५ वटा नमुना थियो । जसमा शुन्य दशमलब ९६ प्रतिशत थियो । यस्तै, ९८.७९ प्रतिशत खाना मिल्ने रहेको केन्द्रको तथ्यांकले देखाएको छ । यस्तै, २०७२/७३ मा केन्द्रले १ हजार ९३६ स्याम्पल परीक्षण गरेकोमा १० वटामा खान नमिल्ने ०.५२ प्रतिशत विषादी पाइएको थियो ।
यस्तै, २०७३/७४ केन्द्रले १ हजार ९३० वटा स्याम्पल परीक्षण गरेका २२ वटा खान मिल्ने १.१४ प्रतिशत विषादी पाइएको थियो । यसैगरी, आर्थिक वर्ष २०७४/७५ १ हजार ८५० तरकरी तथा फलपूmलमा नमुना परीक्षण गरेकोमा जम्मा तीनवटा नमुनामा मात्र खान नमिल्ने विषादी पाइएको छ । यसैगरी, आर्थिक वर्ष २०७५/७६ को २१ साउनसम्ममा २ हनार ९१४ वटा नमुना परीक्षण गरिएकोमा दुईवटामा मात्र खान नमिल्ने विषादी पाएको केन्द्रको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६