बिहिबार, बैशाख १३, २०८१

कालीमाटी तरकारी बजारमा अत्यधिक विषादी युक्त गोलभेंडा

 काठमाडौँ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको बजार भित्र विक्री गर्न ल्याएको तरकारीको छड्के जांच गर्न पुगेको बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक सहितको टोलीले विक्रीका लागि ल्याएको गोलभेंडामा अत्यधिक विषादी प्रयोग भएको फेला पारेको छ । tomatoअहिले भर्खरै कालीमाटी तरकारी बजारमा चेकजांच गर्दा अत्यधिक विषादी भेटिएकोले स्थानीय प्रशासनको सहयोगमा केही बेरमा नै अत्यधिक विषादी प्रयोग गरिएको गोलभेडा नष्ट गर्न लागिएको कालीमाटी तरकारी बजारमा रहेको कार्यक्रम निर्देशक डा. डिल्लीराम शर्माले बताएका छन् ।
डा शर्माका अनुसार विक्रीका लागि ल्याएको सो गोलभेंडा भारतबाट आयात गरिएको पुष्टि भएको छ । भारतबाट कालीमाटी तरकारी बजारमा ल्याएको गोलभेंडा करिव एक हजार केजी रहेको र सो गोलभेंडा प्रहरीको सहयोगमा नियन्त्रणमा लिईसकेको शर्माले बताएका छन्

प्रकाशित मिति: बुधबार, माघ ५, २०७३