बिहिबार, बैशाख १३, २०८१

कार्बनडाइअक्साइडको बढ्दो प्रभावका कारण खाद्यान्नमा प्रोटिनको कमी

मियामी, साउन । विश्व तापमान वृद्धिसँगै कार्बनडाइअक्साइडको बढ्दो प्रभावका कारण दैनिक उपभोग्य चामल, गहुँजस्ता कृषि उत्पादनमा पाइने प्रोटिनको मात्रामा पनि कमी आउने अनुसन्धानले जनाएको छ ।
यसैहप्ता सार्वजनिक एक अध्ययन प्रतिवेदनले खाद्यान्न प्रयोगका दृष्टिले अतिसंवेदनशील मानिने गरिबी तथा अशिक्षाको मार खेप्दै आएका जनसंख्याबीच खाद्यान्नमा पाइने प्रोटिनमा कमी आउँदा शारीरिक विकासमा समस्या उत्पन्न हुने तथा अल्पायुमा नै मृत्यु हुने विज्ञहरूले चेतावनी दिएका छन् ।food with protn
अनुसन्धानकर्ताले कार्बनडाइअक्साइडले कसरी र किन कृषि उत्पादनमा रहेको प्रोटिन तथा अन्य पोषण नष्ट गर्छ भन्ने विषयमा अनुसन्धान जारी रहेको बताएका छन् । तर यो नै विश्वभरि रहेको जनसंख्याको विनाशको परिणाम बन्ने रहस्य अनुसन्धानले बताएको छ ।
वातावरणमा कार्बनडाइअक्साइडको बढ्दो मात्राका कारण सन् २०५० सम्ममा विश्वभर करिब १५ करोड थप जनसंख्यामा प्रोटिनको कमी देखिने ‘इन्भाएरोन्मेन्टल रिसर्च लेटर्स’ नामक जोर्नलमा प्रकाशित हार्वर्ड युनिभर्सिटीको अध्ययन प्रतिवेदनमा बताइएको हो ।
यो समूहले पहिलो पटक विश्वव्यापी तापमान वृद्धिका कारण खाद्य बालीमा रहेको प्रोटिनको परिणाम निर्धारणमा अध्ययन गर्ने जिम्मेवारी पाएको थियोे ।
उक्त समूहले खुला क्षेत्रमा गरिएको परीक्षणलाई आधार मान्दा कार्बनडाइअक्साइड बोटबिरुवामा बढी केन्द्रित हुने र यसको असर खाद्यान्न बालीमा पनि परेको दाबी गरेको छ ।
संयुक्त राष्ट्रसंघको विश्व पोषण सूचना केन्द्रलाई कार्बनडाइअक्साइडको कृषि बालीबाट प्राप्त हुने पोषण तत्वमाथि पर्ने असर अध्ययन तथा मापन गर्न आधार बनाइएको र अध्ययनले खाद्यान्न बालीमा हुने प्रोटिनको कमीले गर्दा शारीरिक विकास र अल्पायुमा मृत्यु हुने जनाएको होे ।
यस पहिले गरिएका विभिन्न अधययनले कार्बनडाइअक्साइडका कारण खाद्यान्न बालीमा आइरन, जिङ्कजस्ता मिनरलको मात्रामा पनि कमी आएको बताएका छन् ।

प्रकाशित मिति: आइतवार, साउन २२, २०७४