शुक्रबार, चैत्र १६, २०८०

काभ्रे कृषि क्षेत्रको एउटा हब हो

Durga prasad pandit
दुर्गाप्रसाद पण्डित
प्रमख
जिल्ला कृषि विकास कार्यालय , काभ्रेपलाञ्चोक

० जिल्ला कृषि विकास कार्यालयले किसानका लागि कस्ता कार्यक्रम अगाडि सारेको छ ?
कृषि विकास कार्यालयले चालु आर्थिक बर्ष २०७३÷७४ मा किसानमका लागि दुई तीन किसिमका कार्यकम सञ्चालन गरेको छ । यस अन्तरगत कृषि प्रसार कार्यक्रम प्रमुख रुपमा रहेको छ । प्राविधिक सेवा टेवा लगायत पूर्वाधार विकास रुपमा सहयोग गरि राखेको छ । उदाहरणका लागि हामीले प्राविधिकको लागि किसान घर दैलोमा घुम्ति तालिम गछौ भने जिल्ला कृषि विकास कार्यलयमा अगुवा कृषक तालिम दिएर प्रयोगात्मक सिप पनि दिने गरेका छौ । पूर्वाधार विकासका लागि सिचाई कार्यक्रम साना सिचाई कार्यक्रम पोखरी निर्माण जस्ता कार्यक्रम सञ्चालन गरी राखेका छौ ।
० राजधानीको नजिक भएर पनि जिल्ला कृषि विकास कार्यालय काभ्रेमा त्यति चर्चामा आउन सकेको छैन किना होला काम नै नगरेर हो ?
यसरी चर्चामा आउनको लागि धेरै कुराले असर पारिराखेको हुन्छ । हामीहरु यस कार्यलयमा आफनै कार्यक्रम सञ्चालन गर्नमा व्यस्त भएका हुन्छौ । र जिल्ला कृषि विकास कार्यालययवाट प्रदान गरिने सेवामा नै व्यस्त भएका छौं । चर्चामा आउने भन्दा पनि कामले चर्चा कमाउने भन्ने हो । हामी काम गरेर उपलब्धी पाउनतिर लागेका छौं । चर्चा भन्दा काम बढी गर्नुपर्छ । कृषि क्षेत्रको लागि काभ्रे एउटा हब नै हो  । किन भने यो जिल्ला दुई वटा राजमार्गको बीचमा यो रहेको छ । विपि राजमार्ग र अरनिको राजमार्ग । काभे्र जिल्लामा तरकारीमा आत्मनिर्भर भई निर्यात गर्दै आईरहेको छ । हामीले घोषणा गरि नसकेको मात्र हो । तरकारीमा आत्मनिर्भर हुनुको साथै यसले काठमाडौको बजारको माग पूरा गर्नको लागि केहि हदसम्म सहयोग गर्ने छ ।
० तर काभ्रेबाट जति पनि तरकारी जान्छ । तरकारीमा अत्याधिक विषादि प्रयोग हुने गरेको वेलावेलामा चर्चा आउने गरेको छ । अहिले तरकारीमा विषादीको प्रयोगको अबस्था कस्तो छ ?
पहिले पाँचखालमा अत्यादिक विषादी प्रयोग भयो त्यसकै ह्याङ ओभर रहि राखेकै छ । अहिले विस्तारै किसानले त्यसलाई कम गरिरहनु भएको छ । विषादी प्रयोग न्यूनिकरण गदै जानका लागि किसानहरुले नै विभिन्न किसिमका सुरक्षात्मक उपायहरु गरी राख्नु भएको हामीले पाएका छौं । अहिले पनि कोही कोही किसानले अत्याधिक विषादी प्रयोग गरेको भेटाउन सकिन्छ । विषादी प्रयोग न्यूनिकरण गर्दै त्यसलाई अन्त्य नै गर्नु पर्दछ भन्ने किसिमले कृषि विकास मन्त्रालय र मातहतका कार्यालयहरु, बाली संरक्षण निर्देशनालय जसले अगुवा निकाय पनि हो, सवै आआफ्नै किसिमले लागिरहेका छौं । स्वस्थ तरकारी उत्पादन सम्वन्धि सचेतना कार्यक्रम ल्याएर विषादी प्रयोग गर्दा अपनाउनु पर्ने सुरक्षात्मक उपायहरु र त्यसबाट पर्ने असर र पर्खने समयको समेत जानकारी दिई राखेको छ । त्यसले विगतका बर्षहरुमा जस्तो विषादी प्रयोग भएको छैन । विषादी नै प्रयोग नगर्ने भन्ने भन्दा पनि त्यसको पर्खने समयका बारेमा किसानहरुलाई जागरुक बनाउने काम पनि गर्दै आईरहेका छौं ।
० भने पछि अहिले विषादी प्रयोग न्यूनिकरण भएको छ भन्न खोज्नु भएको हो ?
हो, वितगका बर्षहरु भन्दा अहिले धेरै नै विषादी प्रयोग कम भईरहेको छ । पहिले रोग किरा मार्ने नाममा किसानहरुले जथाभावी रुपमा प्रयोग गर्ने गरेकाले विषादी धेरै देखिएको हो । तर अहिले उहाँहरुले आफैले पनि जथाभावी विषादी प्रयोग गर्दा हुने हानी नोक्सानीका बारेमा जानकारी पाईसक्नु भएको छ । त्यसले गर्दा पनि विषादी प्रयोग न्यूनिकरण हुंदै छ । र प्रयोग भएका विषादीहरु पनि सहि किमिसले प्रयोग भएका कारण विषादी प्रयोगको घटेको देखिएको पनि हो ।
० आम किसानहरु विषादी प्रयोग गरिएन भने बढि उत्पादन दिन सकिंदैन लागत मूल्य आउंदैन भनिरहेका छन् त ?
किसानहरुको तर्फबाट हेर्दा त्यो कुरा ठिक हो । तर रोग किरा मार्ने नाममा उहाँहरुले प्रयोग गर्नु भएको विषादीको प्रयोग विधि ठिक भएन । रासायनिक विषादी प्रयोग गर्दा अपनाउने विधि, तरकारी बालीमा विषादी प्रयोग गरिसकेपछि त्यसका पर्खनु पर्ने समय लगायतका कुरामा ध्यान दिने हो भने विषादी प्रयोग नै गर्नु हुन्न भन्ने कुरा त होइन नि । विषादी प्रयोग गर्दा त्यसको पर्खने समयलाई कुरेर मात्र तरकारी बाली टिप्ने र उपभोक्ताहरुमा विक्री वितरण गर्नु पर्दछ भन्ने हाम्रो भनाई हो । कुर्नुपर्ने समय कुर्ने हो भने तरकारीमा विषादीको अवशेष नै देखिंदैन नि ।
० तर काभे्र जिल्लाका केही क्षेत्रमा प्रांगारिक विधिबाट पनि तरकारी उत्पादन भैरहेको छ नि ? त्यस तर्फ पहल गरे हुंदैन ?
हो, पछिल्ला समयमा काभ्रेका धेरै क्षेत्रमा प्रांगारिक खेती शुरुवात पनि भएको छ आईपिएम प्रविधिबाट तरकारखी खेती गर्ने किसानहरुको संख्या पनि बढ्दै गएको छ । यसको लागि राज्यको तर्फवाट केही कमी कमजोरीहरु पनि छन् । प्रांगारिक उत्पादनको मूल्य सरकारले तोकिदिनु पर्दछ । विषादी प्रयोग गरिएका, र प्रांगारिक प्रविधिबाट उत्पादन गरिएका तरकारीजन्य बस्तुको मूल्य तोक्ने र त्यसको लागि बेग्लै बजार निर्माण गरिदिने हो भने काभ्रेमात्र होइन धेरै जिल्लाका किसानहरु यस तर्फ आकर्षित हुनु हुन्छ । उपभोक्ताहरुले पनि स्वच्छ तरकारी उपभोग गर्नु पाउनु हुन्छ । काभ्रे जिल्लाको हकमा केही ठाउंहरुमा अर्गानिक तरकारी स्थल बेग्लै पनि छ । यसलाई अझ विस्तृत गरिनु पर्दछ ।
० काभ्रे  जिल्लामा उत्पादन हुन्े प्रमुख बाली के के हुन ?
प्राथामिकता आधारमा भन्ने हो भने काभ्रे जिल्लामा उत्पादन हुने वालीहरुमा आलु,तरकारी, मकै,अलैँचीलाई प्राथामिकता प्राप्त वालिमा राखिएको छ, अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत व्लक, पकेट, जोन र सुपरजोन निर्माण भएपनि यो जिल्ला आलुका लागि सुपर जोनका रुपमा स्थापित हुंदै छ । अवको केही समयमा नै हामी आलुमा अधिकतम् उत्पादकत्व बृद्धि गर्न सक्छौं । –वैकुण्ठ भण्डारी

प्रकाशित मिति: मङ्लबार, चैत्र १, २०७३