शुक्रबार, बैशाख ७, २०८१

काठमाडौं ल्याउँदै गरेको १७ वटा मरेको बाख्रा बरामद

काठमाडौं, ११ असार । सर्लाहीको मलंगवाबाट काठमाडौं ल्याइँदै गरेको २१ वटा बाख्रा मध्ये १७ वटा मरेको अवस्थामा काठमाडौंको थानकोटमा प्रहरीले बरामद गरेको छ । ना ५ ख २७७० नम्वरको बसमा ल्याईएका ती बाख्रा मासु प्रयोजनका लागि जगत बहादुर लामाले पठाएका सवारी चालक उमेश राय यादवले बताएको थानकोट प्रहरी बृत्तका डिएसपी कृष्ण प्रसाद पंगेनीले जानकारी दिए ।
डिएसपी पंगेनीका अनुसार यस्ता मरेका बस्तु हरेक महिना ४०–५० वटा आउने गरेको भएपनि यति ठूलो परिणाममा मरेका बाख्रा फेला पहिलो पटक परेको समेत उनले बताए । जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले आफूहरुले पशु आयात गर्दा चेकजाँचलाई कडाई गर्दै लगेको समेत उनले बताए ।
काठमाडौं भित्रने जनावर पक्राउ परेमा प्रहरीले आफ्नो कार्यक्षेत्र भित्र नपर्ने भएकाले कार्वाहीका लागि पशु क्वारेण्टाइनमा पठाउने गरेको उनले बताए ।

प्रकाशित मिति: आइतवार, असार ११, २०७४