मङ्लबार, चैत्र ६, २०८०

काठमाडौंमा वर्डफ्लु देखियो, जोखिम बढ्दै

काठमाडौं, जेठ । केही दिन अगाडि चितवनमा वर्डफ्लु देखिएपछि सरोकारवाला निकायले सर्तकता नअपनाउँदा राजधानीमा पनि बर्डफ्लुको संक्रमण देखिएको छ । काठमाडौं उत्तरी क्षेत्रको धर्मस्थलीमा वर्डफ्लु देखिएको छ ।
चितवनमा वर्डफ्लु देखिएको र कुखुरा मार्ने क्रममा त्यहाँ पुगेका प्राविधिकहरुले ठूला फार्म सञ्चालकहरुको मिलेमतोमा साना फार्महरुमा पालिका कुखुरा मार्ने काम गरेपछि किसानहरु आक्रोशित नै बनेका थिए भने स्थानीय किसानहरुले कुखरा मार्न समेत दिएका थिएनन्
अलिहे फेरि काठमाडौंमा वर्डफ्लु त देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
बर्डफलु देखिएपछि राजधानीमा सर्तकता अपनाइएको भनिएको छ । राजधानी बाहिरबाट काठमाडौ भित्रने र राजधानीका वरिपरि पालिएका कुखुरा फर्मबाट कुखुरा ओसार पसार नगर्न उर्दी जारी गरेपनि कुखुरा ओसारपसार कार्य भने जारी नै रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ११, २०७५