शुक्रबार, चैत्र १६, २०८०

कागजमा प्रगति देखाउने चलन बढेको छ : निमित्त सचिव पौडेल

काठमाडौं, माघ । मुलुकको कूल ग्राहंस्थ उत्पादनमा ११ प्रतिशत योगदान पु¥याईरहेको पशुपन्छी क्षेत्रको विकासका लागि राज्यले खार्सै चासो नदेखाएको हो कि भन्ने आशंका गरिरहेका बेला पशुपन्छी विकास मन्त्रालयका निमित्त सचिव श्यामप्रसाद पौडेलले बजेट अभावका कारण मन्त्रालयले सोचे अनुरुप प्रगति गर्न नसकेको प्रष्ट पारेका छन् । पशु स्वास्थ्य निर्देशनालयद्धारा आयोजित कार्यक्रममा प्रमुख अतिथि भएर गएका निमित्त सचिव पौडेले सो कुरा बताएका हुन् । mold_spokperson
पशुपन्छी विकास मन्त्रालयको चालु आर्थिक बर्षमा विनियोजित बजेट धेरै भन्दा धेरै भवन निर्माण लगायत भौतिक कार्यमा बढी लगानी भएका कारण अन्य कार्यक्रम ओझेलमा परेको जस्तो देखिएको समेत उनले बताए । मन्त्रालयमा बजेट अभाव भएका कारण पनि पशुपन्छी क्षेत्रको विकासका लागि काम गर्न गाह्रो भएको भन्दै आगामी बर्षका लागि बजेट बढाउने तर्फ आफूहरु लागिरहेको बताउंदै उनले पछिल्लो समयमा कागजमा मात्र बढी काम देखाउने प्रचलन बढ्दै गईरहेकाले पशुपन्छी विकास मन्त्रालय मातहत निकायहरुबाट वितरण गरिएको अनुदान कार्यक्रमलाई पारदर्शि र उपलब्धि मूलक बनाउन कडा रुपमा अनुगमन कार्य गर्नका लागि उनले कार्यालय प्रमुखहरुलाई आग्रह पनि गरेका थिए । – धिरेन्द्र बस्नेत

प्रकाशित मिति: आइतवार, माघ ९, २०७३