मङ्लबार, चैत्र ६, २०८०

कांग्रेस निकट भएकै कारण हटाइयो महानिर्देशकलाई

काठमाडौं, असार । कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयले बेमौसमे बाजा बजाउँदै सरुवा गरेको छ । कृषि मन्त्री चक्रपाणी खनाल, सचिव युवकध्वज जिसी भारत भ्रमणमा जानु अगाडि कृषि विभागका महानिर्देशक डा डिल्लीराम शर्मालाई सरुवाको निर्णय गरेका हुन् । दुई दिन अघि मन्त्रीको नेतृत्वमा सचिव सहितका टोली भारत भ्रमणमा निस्किएका छन् ।
यतिखेर सरुवाको मौसम नभएपनि उनलाई कांग्रेस निकट भएकै कारण कृषि विभागबाट सरुवा गरिएको बताइएको छ । सरुवाको निर्णय गरिसकिएको भएपनि विभागलाई भने सो कुरा जानकारी गराईएको छैन । कृषि विकास मन्त्रालयका सहसचिवहरु मध्ये कट्टर कांग्रेसका रुपमा सहसचिव शर्मालाई लिइँदै आईरहेको थियो ।
मन्त्री परिवर्तन भएसँग उनलाई हटाउने निकै लविङ्ग गरिएको थियो । तर कृषि मन्त्री चक्रपाणी खनालले राजनीतिक आस्थाका कारण उनलाई हटाउने मनस्थितिमा रहेको थिए । त्यत्तिमा नभई मन्त्री कै जिल्लावासी भएका कारण पनि शर्मालाई महानिर्देशकबाट नहटाउने सोचमा पुगेका मन्त्री खनाललाई सचिव जिसीले उनलाई हटाउन निकै नै लविङ्ग गरेपछि हटाईएको सचिवालय श्रोतले बताएको छ ।
‘महानिर्देशक शर्मालाई सरुवा गर्नुमा मन्त्रीको भन्दा पनि सचिवको महत्वपूर्ण भूमिका रहेको र उनलाई सरुवा गर्न माथिसम्मै लविङ्ग भएका कारण मन्त्रीले वाध्यात्मक अवस्थामा सरुवा गरेका हुन्’, सचिवालय श्रोतले कृषि अनलाईनलाई बताएको छ ।
डा. युवकध्वज जिसीले विगतमा सहसचिव हुँदा डा डिल्लीरामसँग सम्वन्ध चिसो रहेको र उनलाई साईज तोक्न भन्दै आषाढपछि कार्यालय नै नरहने राष्ट्रिय कृषि अनुसन्धान कोष (नाडेफ) मा सरुवा गरिएको छ ।
कृषि विभागको महानिर्देशकमा नेकपा (माओवादी) निकट रहेका उपमहानिर्देशक सूर्य पौडेललाई पु¥याईएको छ । त्यस्तै राष्ट्रिय कृषि अनुसन्धान कोष (नाडेफ) का प्रमुख ताराकुमार श्रेष्ठलाई किसान आयोग पु¥याईएको छ ।

प्रकाशित मिति: बुधबार, असार ६, २०७५