मङ्लबार, चैत्र ६, २०८०

कर्मचारीलाई ठाडो हाजिर गर्न कृषि सचिवको आदेश

काठमाडौं, श्रावण । कृषि विकास मन्त्रालयले आफू मातहतका जिल्ला कृषि विकास कार्यालयका कर्मचारीहरुलाई ठाडो हाजिर गर्न आदेश दिएको छ ।

झण्डै ५० वर्ष अघिदेखि ग्रामिण भेगका किसानहरुको समस्या समाधान गर्ने कृषि क्षेत्रको विकास गर्नका लागि स्थापना भएका जिल्ला कृषि विकास कार्यालयहरु खारेजीमा परेका छन् । जिल्ला कृषि विकास कार्यालय खारेजीसँग सो कार्यालयमा दरवन्दी भएका कर्मचारी अन्यौलमा परेका छन् ।
गत चैत्र मसान्तदेखि नै जिल्लाका कृषि तथा पशु सेवा कार्यालयहरु नरहने भनिएता पनि आषाढ मसान्तसम्मका लागि मन्त्रीपरिषद् मार्फत म्याद थपिएको थियो । सो समयसम्म स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्नका लागि सहज बनाइएता पनि स्थानीय तहमा प्राविधिक कर्मचारीहरुको दरवन्दी अन्त्यन्तै कम राखिएका कारण पनि कृषि तथा पशु सेवामा कार्यरत कर्मचारी अन्यौलमा परेका हुन् ।
त्यस्तै विगतमा स्थापना गरिएको पाँचै विकास क्षेत्रका क्षेत्रीय कृषि निर्देशनालय तथा क्षेत्रीय पशु सेवा निर्देशनालयको हविगत पनि उही नै छ । चैत्रबाट नै सकिएको जिल्ला तथा क्षेत्रीय कार्यालयको संरचनाको बारेमा जानकारी हुँदा हुँदै पनि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले वास्ता नगर्दा अहिले कर्मचारी हाजिर कहाँ गर्ने र काम कहाँ गर्ने भन्ने अन्यौलमा परेका छन् ।
कहि नभएको जात्रा हाडिगाउँमा भने जस्तै आवको अन्तिम दिन सचिव स्तरको निर्णय भन्दै क्षेत्रीय कार्यालय, जिल्ला कार्यालयहरुका प्रमुख र कर्मचारीहरुलाई ठाडो हाजिर गर्न परिपत्र गरिएको छ । जुन हाजिर गैरकानूनि हो । यसरी परिपत्र गर्ने काम कृषि सचिव डा. युवकध्वज जीसीले आप्mनै बुद्धिले गरे की मन्त्रीको निर्देशनमा गरे ।

प्रकाशित मिति: सोमवार, असार ३२, २०७५