शुक्रबार, चैत्र १६, २०८०

कर्मचारीलाई कार्वाही गर्ने कृषि मन्त्रीको चेतावनी

काठमाडौं, असोज । कृषि विकास मन्त्री रामकृष्ण यादवले बाढी पीडित राहत तत्काल पु¥याउन नसक्ने कर्मचारीलाई कार्वाही गर्ने चेतावनी दिएका छन् । गत साउनको अन्त्यमा गएको बाढीका कारण तराईका जिल्लाका किसानहरुको अवौं रुपैयाँ क्षति भएको छ । खेती गरिरहेका जमीन बाढीले बगाएको छ । हजारौं हेक्टर माछा पोखरी बाढी प्रभावित भएको छ । किसानहरुले पालेका पशुपन्छीहरु समेत हजारौंको संख्यामा नष्ट भएको छ । ramkrishisna yadav
तर किसानहरुले अझै पनि राहत पाउन नसकेको गुनासो आएपछि कृषि विकास मन्त्री यादवले कृषि सचिव तथा सहसचिवहरुलाई जिल्लामा गएको राहत तत्काल किसानहरुले नपाए जिल्लामा काम नगर्ने कर्मचारीलाई तत्काल कार्वाही गर्ने चेतावनी दिएका हुन् ।
कृषि विकास मन्त्रालयका सचिव डा. सुरोज पोखरेललाई बाढी प्रभावित जिल्लाका कृषि विकास कार्यालयका प्रमुखहरुलाई किसानहरुलाई राहत वितरण गर्न प्याकेज सहित राहत सामग्री उपलब्ध गराउने बजेट समेत दिईसकेको अवस्थामा राहत दिन ढिलाई गर्ने कर्मचारीमाथि कार्वाही गर्न निर्देशन दिएका हुन् ।
उनले बाढी प्रभावित जिल्लाका किसानहरुले राहत प्राप्त गरे नगरेको, कति संख्यामा किसानहरुले केके राहत कहिले पाए भन्ने तथ्यांक सहितको सूचना प्रत्यक हप्ता आफूलाई उपलब्ध गराउन सचिवलाई निर्देशन दिएका हुन् ।

प्रकाशित मिति: आइतवार, अशोज २२, २०७४