शुक्रबार, बैशाख ७, २०८१

कमिशन कै कारण भारतीय तरकारी भित्रँदै

काठमाडौं, असार । नेपाल सीमामा रोकिएका भारतीय तरकारीका सवारी धमाधम भिँत्रदै छन् । दैनिक उपभोग्य बस्तु मध्ये अत्यधिक नेपाल भित्रने बस्तुमा तरकारी पर्दछ । भारतबाट आयात गरिने तरकारीमा अत्यधिक विषादी प्रयोग भएका कारण केही दिन सीमा नाकामा रोकिएको तरकारीका सवारी साधन भित्रन थालेका छन् ।
भारतबाट विषादी प्रयोग गरिएका तरकारी भारत नै फिर्ता गर्न सरकार सक्ला ? यतिखेर प्रश्न उठ्न थालेको छ । सरकारले भने जस्तै नेपालका कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने हो भने अहिले भारतबाट आयात गरिएका तरकारी रोक्नु जरुरी छ । बरु केही मूल्य बढी तिरेर भएपनि नेपाली किसानहरुले उत्पादन गरेका तरकारी नै उपभोक्ताहरुले प्रयोग गर्नु जरुरी छ ।
व्यवसायिक रुपमा तरकारी उत्पादन गरिरहेका किसानहरु अहिले भारतीय तरकारीसँग प्रतिष्पर्धा गर्न सक्ने अवस्थामा छैन । जसले तरकारी आयात बढ्दै गईरहेको छ भने नेपाली तरकारी उत्पादन गर्ने किसानहरु पलायन हुुन र्पे अवस्थामा आएको छ ।
सरकारले कृषिमा आत्मनर्भिर बनाउने र युवाहरुलाई कृषिमा नै संलग्न गराउने हो भने अहिले भारतबाट आयात भईरहेको तरकारी विषादी प्रयोग चेकजाँच गरी मात्र आयात गर्ने हिम्मत लिनु आवश्यक छ ।
जसरी नेपाली उत्पादन अदुवा, अलैची लगायतका कृषि उपज निकासी गर्दा भारतले यो वा त्यो नाममा नाकामा नै सडाउने कार्य विगतदेखि अहिलेसम्म पनि गर्दै आईरहेको त्यसैगरी नेपालले पनि भारतबाट आउने तरकारीलाई विषादी मुक्त मात्र आयात गर्ने गरी काम गर्नु जरुरी छ । जसले गर्दा नेपाली किसानहरुले अस्वस्थ प्रतिष्पर्धा गर्नु पर्ने अवस्था आउँदैन भने कृषि उत्पादनमा संलग्न गर्ने किसानहरु प्रोत्साहित समेत हुने छन् ।
अहिले भन्सार नाकामा भन्सारका कर्मचारी, क्वारेण्टिनका कर्मचारीहरु, सुरक्षाकर्मीैहरुको समेत मिलेमतो भारतीय राजदूतावासको दवावमा तरकारी भित्रन थालेको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०७६