शनिबार, बैशाख ८, २०८१

कफी प्रवद्र्धनका निम्ति छलफल

cc

काठमाडौं,पुस १ । नेपाली कफी उत्पादनमा क्रियाशील रहेका किसानहरुलाई प्राविधिक सहयोग एवं कफी प्रर्वद्धनमा सक्रिय रहेको हेल्भेटासको कफी प्रवद्र्धन कार्यक्रमले आज कफी उत्पादन,प्रशोधन एवं विक्री वितरणमा संलग्न रहेका व्यक्तिहरुसँग छलफल कार्यक्रमको आयोजना गरेको छ। सो कार्यक्रममा कफी उत्पादनदेखि बजारीकरणसम्मका विषयमा छलफल गरिएको थियो । कफी उत्पादन बढाउनका लागि कोरियन संस्था व्यूटिफूल कफीका सहजकर्ता प्रचण्डमान श्रेष्ठ, कृषि उद्यम केन्दका कार्यकारी निर्देशक प्रदीप श्रेष्ठ,हाइल्याड कफीका कृष्ण घिमिरे, नेपाल अर्गानिक कफी प्रोडक्टका ढकेश्वर घिमिरे लगायतले आफ्नो विचार राखेका थिए । सो छलफल कार्यक्रममा कफी प्रर्वद्धन कार्यक्रमका टिम लिडर भोलाकुमार श्रेष्ठले हालसम्म कफी प्रर्वद्धन कार्यक्रममा गरेका सहयोगका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कृषि विभागका उपमहानिर्देशक वीरेन्द्र  हमालले  सरकारले चाहँदाचाहँदै पनि कफी विकासमा काम गर्न अप्ठेरो परिरहेको बताए । छलफल कार्यक्रममा चिया तथा कफी विकास बोर्डलाई छुट्याएर कफी विकास बोर्ड छुट्टै बनाउनु पर्ने धारणा पनि सार्वजनिक भएको थियो ।

प्रकाशित मिति: सोमवार, पुस १, २०७०