बुधबार, बैशाख ५, २०८१

कफीका लागि बजार अभाव

ताप्लेजुङ,  १५ मङ्सिर ।  ताप्लेजुङमा उत्पादन हुने कफीका लागि बजारको अभाव रहेको किसानले बताएका छन् ।  आपूmले उत्पादन गर्दै आएको कफीले बजार नपाउँदा आम्दानी लिन नपाएको कफी खेतीमा संलग्न किसानले बताएका हुन् ।
जिल्लामा आयोजित दुई दिने कफी प्रशोधन तथा बजार व्यवस्थापनसम्बन्धी तालिममा सहभागी किसानले कफी खेतीका लागि ताप्लेजुङमा उपयुक्त माटो र अनुकूल वातावरण भए पनि बजारको अभावले खेती विस्तार हुन नसकेको बताए ।  जिल्लाको आठराई त्रिवेणी गाउँपालिका १ निघुरादिनका किसान तुलसीप्रसाद मैनालीले बजार अभावकै कारण कफीखेतीमा गरेको लगानी खेर गइरहेको बताए ।
एक हजार बिरुवा लगाएर कफीखेती सुरु गरेका मैनालीले अहिले बजार अभावले आफ्नो उत्पादन डुब्नसक्ने भन्दै चिन्ता व्यक्त गरे।   यस्तै आठराई त्रिवेणी ४ चाँगेका किसान तेजमान आङ्बुहाङले पनि आफ्नो खेतीबाट उत्पादन भएको कफीले बजार नपाउँदा आम्दानी लिन नसकेको बताए  ।उनले  बजार अभावका कारण उत्पादित कफी त्यतिकै थन्क्याएर राखेको बताए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०७४