शुक्रबार, चैत्र १६, २०८०

कन्सल्टेन्सी छोडेर गोलभेंडा खेतीतिर

काठमाडौं १६ जेठ , व्यवसायिक कृषिमा युवाहरुको आकर्षण बढ्दो छ । चाहे व्यवसायिक रुपमा गरिने तरकारी खेती होस् वा गाईपालन नै किन नहोस् युवा जमात् जानेर वा नजानेर कृषि पेशामा नै सन्तुष्टी हुने प्रयास गरिरहेका छन् । तर तिनै युवाहरुलाई राज्यका तर्फबाट सम्वोधन हुन सकेन भने देशकै माटोमा रमाउन चाहने युवा जनशक्ति फेरि पलायन नहोलान् भन्न सकिन्न ?
विदेशबाट फर्कन युवा मात्र होइनन नेपालमा नै विभिन्न पेशा अंगालेर बसेका युवा जनशक्तिहरु पनि कृषिमा संलग्न त भए तर व्यवसायिक हुन नसकेको हो वा विचौलियाका कारण बजारीकरणको अभावका कारण हो व्यवसायिक खेती गर्ने धेरै युवाहरुमा पछिल्लो समय नैराश्यता छाउन थालेको देखिन्छ ।
अन्य पेशाबाट कृषिमा हाम्फाल्नेहरु निकै उत्साहित पनि देखिएको छ । त्यही उत्साहित युवा मध्ये तुलसा राई पनि एक हुन् । स्नातक अध्ययनसम्पन्न गरेकी तुलसा राई खोटाङ्गको कुभिण्डमा जन्मिएपनि उदयपुरमा हुर्किन । अध्ययनको शिलसिलामा काठमाडौं छिरेकी उनले भाषा कक्षादेखि कम्प्यूटर तालिम केन्द्रसम्म सञ्चालन गरिन् । त्यत्तिले मात्र पुगेन अझै राम्रो गर्नका लागि र केही अर्थोपार्जन गर्नका लागि विदेश पढन् जाने युवाहरुलाई लक्षित गरी कन्सल्टेन्सी समेत खोलिन् । पैसा राम्रै कमाई गरिन् तर तुलसालाई त्यसले मात्र सन्तुष्टि भएन पैसाले मात्र हु“दैन भन्ने मनमा लाग्यो र उनले केटाकेटी देखि नै कृषिबाट पैसा कमाउने जुन लक्ष्य थियो त्यही गर्नु पर्दछ भनेर चटक्कै कन्सल्टेन्सी छोडेर गोलभेंडा खेती गर्र्न तालीम लिन पुगिन् ।

तीन दिनको ३ हजार तिरेर उनले गोलभेंडा खेती गर्ने तालिम लिइन् र शुरु गरिन् श्रृजना जातको गोलभेंडा खेती । विगत २ बर्षदेखि डा“छीमा ९ रोपनी जग्गा भाडामा लिएर उनले व्यवसायिक रुपमा तरकारी खेती शुरु गरिन् । टनेल प्रविधिमा गोलभेंडा, साग, काउली, बन्दा लगायतका तरकारी शुरु गरेपछि पहिलो बर्षमा नै करिव ८ लाख रुपैया“ बराबरको विक्री भएपछि उनी अझै उत्साहित भईन् । टनेल, श्रमिक ज्याला, वीउ, मल लगायत सवै गर्दा १३ लाख खर्च गरेर एकै बर्षमा ८ लाख आम्दानी भएपछि कन्सल्टेस्सी भन्दा तरकारी खेतीमा उनको मोह बढेको बताउ“छिन् । कन्सल्टेन्सीमा बसी बसी पैसा आउछ नि भन्ने प्रश्नमा उनी भन्छिन् बसी बसी त आउ“छ तर विदेशमा विद्यार्थी स्वयंका कारण आफूहरुले हरेक दिन कुनै न कुनै तनाव लिईरहनु पर्ने बताउ“छिन् । अरुको तनाव लिनु भन्दा माटोमा नै खेलेर त्यो भन्दा बढी रकम कमाउन सकिने भएपनि किन तनाव वोक्नु तुलसाको भनाई रहेको छ ।
कृषि व्यवसाय गर्दा शारीरिक कठिनाई त हुन्छ तर त्यसबाट आफूले धेरै नै आनन्द लिएको बताउ“दै तुलसा भन्छिन् मेहनत र लगनशील हुने हो भने स्वदेश वा विदेशमा रोजगारीका लागि भौतारिनु पर्दैन । तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सकिने रहेछ कन्सल्टेन्सी भन्दा पनि राम्रो आम्दानी गरिरहेको उनी बताउ“छिन् तर व्यवसायिक तरकारी खेती गर्नेहरुका लागि एउटै समस्या बजारीकरणको रहेको छ । आफैले बजारमा लान पनि नसकिने विचौलियाले लिएर जा“दा उपभोक्ताले महंगोका किन्नु पर्ने वाध्यता छ । न त व्यवसायी फस्टाउन सक्यो न त उपभोक्ताले नै सस्तो मूल्यमा खान पायो । बरु सरकारले बजारीकरणका लागि सहज वातावरण बनाईदिने हो भने अझ कृषिमा लगानी गर्नेहरुको संख्या बढ्ने उनी बताउ“छिन् ।
बिषादी मुक्त तरकारी उत्पादन गर्नका लागि आफूले अव गाईपालन मार्फत प्रांगारिक मलको मात्र प्रयोग गर्ने सोच राखेको छिन् । त्यसका लागि उनले लगानीका लागि सहयोगी समेत फेला पारेर ३० रोपनी जग्गा भाडामा लिएर फार्म बनाइरहेको बताउ“छिन् ।
शिक्षित महिलाहरु पनि अन्य रोजगारीका लागि भौतारिनु भन्दा तुलसा राईकै सिको गरेर आफ्नै माटोमा रमाउन सक्ने हो भने नेपाली कृषिलाई व्यवसायिक बनाउने मात्र होइन कृषि पेशालाई मर्यादित पेशा बनाउन समेत सफल हुन सकिन्छ । -ज्ञानीमाया गलान

प्रकाशित मिति: शुक्रबार, जेष्ठ १६, २०७१