बिहिबार, चैत्र १५, २०८०

एशियन पुष्प प्रर्दशनी काउन्सिल गठन

flowerकाठमाडौं, जेठ । अन्तर्राष्ट्रि पुष्प प्रतिष्ठान कोरियाको पहलामा एशिएन पुष्प प्रर्दशनी काउन्सिल गठन भएको छ । कोरियाको गोयाङ्ग शहरमा सम्पन्न अन्तर्राष्ट्रिय पुष्प मेलामा सहभागी भएका २५ देशका प्रतिनिधिहरुले पुष्प व्यवसाय प्रर्वद्धन गर्दै पर्यटन विकासमा टेवा पु¥याउने उदेश्यले सो काउन्सिल गठन गरेका हुन् ।
एशिएन पुष्प प्रर्दशनी काउन्सिलको पहिलो वैठकमा नेपाल सहित सात देशको सहभागिता भएको थियो । जसमा भुटान, इण्डोनेशिया, कोरिया, मलेसिया, ताईवान, काजस्तान, नेपाल रहेका थिए । सो वैठकले काउन्सिलका सदस्य राष्ट्रको देशमा आयोजना हुने पुष्प मेलाहरुमा सहभागिता जनाउने, सदस्य राष्ट्रहरुवीच पुष्प सम्वन्धि सूचनाहरुको आदान प्रदान गर्ने, पुष्प व्यवसाय र पर्यटन विकासका लागि ग्लोवल नेटवर्कको विकास गर्दै जाने निर्णय समेत गरेको छ ।
सो मेलाले नेपालमा उत्पादित कट्फ्लावरहरुको विश्व बजारमा प्रर्वद्धन गर्न सघाउ पुगेको र आफ्नो संस्थाको अन्तर्राष्ट्रिय सम्वन्ध सम्वन्ध विस्तार गर्न सहयोग पुगेको फ्लोरिकल्चर एशोसिएसन नेपालका उपाध्यक्ष दिलिप वादेले जानकारी दिएका छन् ।
वादेका अनुसार दक्षिण कोरियाको गोयाङ्ग अन्तर्राष्ट्रिय फ्लावर फाउण्डेसन र फ्लोरिकल्चर एशोसिएसन नेपालवीच विश्वरभ पुष्प व्यवसायको विकास र विस्तारका लागि जनचेतना अभिवृद्धि गर्ने, दुवै संस्थाले दुई देशमा हुने मेला, प्रर्दशनी, सभा सेमिनार आदिमा उपस्थिति जनाउने सम्झौता भएको बताएका छन् ।

प्रकाशित मिति: आइतवार, जेष्ठ ७, २०७४