बिहिबार, चैत्र १५, २०८०

एघारको दरवन्दीमा बाह्र जना सरुवा

काठमाडौं, असोज । कृषि विकास मन्त्रालयले गरेको पछिल्लो सरुवा भद्रगोलसंग गरिएको छ । कृषि विकास मन्त्रीको निजी सचिवालयले मनलाग्दो किसिमले नामावली तयार गरी सरुवा सदर गरेको छ । सरुवा गर्दा समेत राजनीति आस्थालाई मध्यनजर गर्दै गरिएकोले अहिले सरुवा निष्पक्ष नभएको कर्मचारीहरुले आरोप लगाएका छन् । मन्त्रीको निजी सचिवालयबाट तयार गरी सरुवा गरिएको नामावलीमा आफू निकट कर्मचारीहरुलाई रोजेको ठाउंमा सरुवा गर्ने क्रममा बाली संरक्षण निर्देशनालय हरिहरभवन ११ जना दरवन्दी रहेका ठाउंमा १२ जनालाई सरुवा गरिएको छ ।
बाली संरक्षण निर्देशनालयमा ११ जनाको दरवन्दी भएपनि १२ जनाको सरुवा गरिए पछि थपिएको १ जनालाई कसरी व्यवस्थापन गर्ने भन्ने अन्योल भएको सो निर्देशनालयले जनाएको छ । तर कृषि विकास मन्त्री गौरी शकर चौधरीको निजी सचिवालयबाट भने कुनै हालतमा पनि १२ जना कै पद मिलान गर्ने दवाव दिईरहेको श्रोतले बताएको छ ।

प्रकाशित मिति: सोमवार, अशोज १०, २०७३