मङ्लबार, चैत्र ६, २०८०

एक लाख ८० हजार बिरुवा वितरण

कपिलवस्तु, ३ साउन । जिल्लाको विभिन्न ठाउँमा रहेका नर्सरीबाट एक लाख ८० हजार बिरुवा वितरण गरिएको छ । जिल्लामा मसला, सिमल, खयर, शाहगवान, सिसौ प्रजातिका बिरुवा निःशुल्क रुपमा वितरण गरिएको छ । भू–क्षय नियन्त्रण र आयआर्जका लागि विभिन्न प्रजातिका बिरुवा वितरण गरिएको सहायक वन अधिकृत रामचन्द्र साहले जानकारी दिए ।
सेक्टर वन कार्यालय चन्द्रौटाले मसलाका ५५ हजार नौ सय बिरुवा, सिमल १० हजार पाँच सय, सिसौ १० हजार १५०, अमला चार हजार, खयर चार हजार, कल्पफूल एक हजार ८५०, सागवान एक हजार, अर्जुन एक हजार, जामुन ८७५, सिरिस ५०० र वेल ३५० बिरुवा वितरण गरेको कार्यालय प्रमुख रामहरि सेढार्इंले बताए ।

प्रकाशित मिति: मङ्लबार, साउन ३, २०७४