शुक्रबार, बैशाख ७, २०८१

केही पाएनन् भूकम्प प्रभावित किसानले

काठमाडौं, बैशाख । विक्रम सम्वत् १९९० माघ २ गते पछाडि महाविनाशकारी रुपमा गत बर्ष २०७२ बैशाख १२ गते महाभूकम्प गएको आज ठ्याक्कै एक बर्ष भएको छ । विनाशकारी भूकम्पका कारण लाखौं किसानहरु घरबार विहिन भएका छन् । करीव दश हजार पशुहरु मरे । भूकम्पका कारण १८ अर्वभन्दा बढीको क्षति भएको कृषि विकास मन्त्रालयले तथ्यांक तयार गरेको पनि थियते तर भूकम्प पीडित किसानहरुले विगत एक बर्षमा आश्वासन बाहेक केही पनि पाउन सकेका छैनन् । photo bhukampa
भूकम्पको प्रभावित किसानहरुका लागि तात्कालिन अवस्थामा धान रोप्ने मौसम भएका कारण धानको बीउका लागि केही संस्थाहरुले कृषि विकास मन्त्रालयबाट स्वीकृत लिए पनि धेरै गैरसरकारी संस्थाहरुले आफ्नै ढंगबाट वीउ वितरण गरे । जुन बीउ उम्रेका र चामल तयार गर्नका लागि ठिक पारिएका धानहरु किसानहरुलाई बीउका रुपमा वितरण गरिएका । त्यसबेला कृषि साप्ताहिकले समाचार पनि संम्प्रेषण गरेको थियो ।
केही गैरसरकारी संस्थाहरुले किसानहरुका लागि वितरण गरेको धानको बीउले धान उत्पादन नभएपछि किसानहरु मर्कामा पनि परेका थिए । त्यस्ता गैरसरकारी संस्थाहरुलाई कार्वाही गर्नका लागि उजुरी परेपनि आजसम्म कार्वाही गर्ने आँट कसैले गर्न सकेन ।
हुन पनि शक्तिका पुजारीहरुले पीडित किसानहरुका कुरा के पो सुन्थे र ? त्यसैले त भूकम्प पीडित किसानहरुल न त राहत पाउन सके न कुनै सहयोग नै । सहयकोगका रुपमा पाएको धानको बीउले उत्पादन नदिंदा ६ महिनाको मेहनत र परिश्रम मात्र खेर गयो ।
त्यस्तै किसानहरुको करीव १० हजार ठूला (गाई, भैसी) चौपायाहरुको मृत्यु भएको पशु सेवा विभागको तथ्यांकमा देखियो । तर १० हजार पशु मर्दा पनि पशुपालन गर्ने किसानहरुले आजका दिनसम्म कुनै पनि सहयोग र राहत पाउन सकेनन् । भूकम्प पीडित किसानहरुलाई गाई उपलब्ध गराउने भनिएको भएपनि आजसम्म सो कार्य पनि सम्पन्न हुन सकेको छैन ।
विनासकारी भूकम्पबाट प्रभावित किसानहरुका लागि विभिन्न गैरसरकारी संस्थाहरु मार्फत अवौं रुपयां खर्च गरिएको भएपनि वास्तविक किसानहरुसम्म पुग्न नसक्दा किसानहरुको हात रित्तो भएको छ । जसले आफ्नै बलबुताले आफ्नो कृषि कर्मलाई अगाडि बढाईरहका छन् । आफ्नौ खेत र गोठमा फर्केर जिविकोपार्जनका एउटै मात्र उपाय कृषिमा संलग्न देखिन्छन् । कृषि प्रधान देश भनेर किसानका नाम भजाउने सरकारलाई धिक्कार छ भूकम्प किसानहरुको पक्षका काम गर्न नसकेकोमा ।

प्रकाशित मिति: आइतवार, बैशाख १२, २०७३