बुधबार, बैशाख १२, २०८१

एक दिने कार्यक्रमका लागि सांढे एघार लाख खर्च

काठमाडौं,मंसिर । कृषि विकास मन्त्री गौरी शंकर चौधरी केही साता अगाडि इटालीको राजधानी रोममा एफ.ए.ओको कार्यक्रम भाग लिन पुगेका थिए । एक दिन इटलीको कार्यक्रममा जानका लागि मन्त्रीले तीन दिने कार्यक्रम तय गरेका थिए ।
हरेक मन्त्रालयका मन्त्रीहरु विदेश जाने गर्दछन्, खर्च पनि हुने गर्दछ । कृषि मन्त्री रोम पुगेर आउंदा कति खर्च भयो हुन्छ होला खोजीको विषय पनि हुन सक्छ ।gauri-sangkar-chaudhari साधारण तया अनुमान गर्नेहरुले मन्त्रीहरु विदेश पुगेर आउंदा राज्यको ढुकुटीबाट एकलाख, दुई लाख, तीन लाख खर्च गर्लान् ? तर त्यसो होइन कृषि मन्त्रीको एक दिने कार्यक्रममा सहभागी हुन रोम पुग्दा राज्यको ढुकुटीको ११ लाख ५२ हजार ३ सय ८६ रुपैयां खर्च भएको कृषि विकास मन्त्रालयले जनाएको छ । कृषि विकास मन्त्रालयको भुक्तानीका लागि प्राप्त विलहरु सार्वजनिक गर्ने क्रममा कृषि मन्त्री चौधरी र सहसचिव योगेन्द्र कुमार कार्की दुई जनाको नाममा त्यत्ति धेरै रकम माग गरेको र भुक्तानीका लागि ७२ घण्टे सार्वजनिकीकरण गरिएको छ । mantri-itali-web
रोम भ्रमणका लागि दुइ जना व्यक्तिले यति धेरै ठूलो रकम खर्च गरिनु पक्कै पनि राष्ट्रको हितमा नहुन सक्छ ? कसरी खर्च हुन्छ यत्ति धेरै रकम कौतुहलताको विषयमा पनि हो यो । कृषि विकास मन्त्रालयको आधिकारीक वेवसाईटमा उल्लेख गरिएको सो रकमका बारेमा कौतुहलता जाग्नु पनि स्वभाविकै हो । इटाली भ्रमणमा ठूलो रकम खर्च माग गरेको विषयमा कृषि मन्त्री गौरीशंकर चौधरीसंग जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन ।
सोही कार्यक्रमा इटाली गए वापतको भुक्तानी माग गर्ने व्यक्तिको नाम उल्लेखित भए बमोजिम कृषि विकास मन्त्रालयका प्रवक्ता एवं सहसचिव योगेन्द्रकुमार कार्कीलाई प्रश्न गर्दा उनले आफू मन्त्रीसंग इटाली नगएको र इटाली भ्रमणमा नाममा भुक्तानी माग नगरेको बताएका छन् ।
कार्कीले आफू इटाली नगएको बताएपनि कृषि विकास मन्त्रालयको आन्तरिक लेखामा शाखाले इटली भ्रमणमा जांदा भएको खर्चको भुक्तानी माग गरेको भन्दै मन्त्री चौधरी र कार्कीको नामा उल्लेख गरेको छ । विदेश जांदै नगएको व्यक्तिको नाममा भुक्तानी दिन सार्वजनिक सूचना प्रकाशित गर्ने कृषि विकास मन्त्रालयको लेखा शाखाको कमजोरी हो या विगतमा यसरी नै भुक्तानी लिने दिने गरिएको छ भन्ने विषयमा सम्वन्धित सरोकारवाला निकायले नै खोजी गर्नु पर्ने भएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७३