शुक्रबार, चैत्र १६, २०८०

एकै गाउँमा पाँच करोडको तरकारी उत्पादन

पर्वत । पर्वत जिल्लाको सल्यानस्थित एउटै वडाका किसानले व्यावसायिक तरकारीखेती गरेर बर्सेनि करोडौंँ गाउँमा भित्र्याउने गरेका छन् । पूर्वी मोहडामा समतल फैलिएको करिब एकहजार रोपनीमा फैलिएको खेतमा यहाँका करिब ३०० घरपरिवारले मौसमी तथा बेमौसमी तरकारीखेतीबाट वार्षिक रु पाँच करोडको आम्दानी गर्न सफल भएका छन् ।
बीसवर्ष अघिदेखि धौलागिरिमै पहिलोपटक व्यावसायिक रुपमा बेमौसमी तरकारीखेती सुरु गरेका यहाँका किसानले उत्पादन गरेको तरकारीले बाग्लुङ, म्याग्दी र पर्वत सदरमुकामको माग धानेको छ ।
तराई बन्द र भारतीय नाकाबन्दीको असरले मुलुकका विभिन्न जिल्लामा तरकारीको मूल्य आकासिएका बेला यहा“को उत्पादनले यी तिनै जिल्लामा तरकारीको मूल्य बढ्नुको सट्टा घटेको छ ।
‘हाम्रो उत्पादन काठमाडाँैंसम्म पुग्थ्यो,’ स्थानीय अगुवा किसान नरबहादुर केसीले भने, ‘अहिले सहज ढुवानी नहु“दा यहीको बजारमा सस्तो बेच्नुपरेको छ ।’ पोखरा नारायणगढ, काठमाडाँैंलगायतमा अहिले गोलभेंडाको मूल्य रु ६० भन्दामाथि भएर पनि आफूहरुले रु ३० मा बिक्री गर्नुपरेको उनले बताए । केसीले तरकारीबाट मात्रै वार्षिक रु १५ लाखदेखि रु १८ लाखसम्म आम्दानी गर्ने गरेका छन् । सहज सवारी चल्दा यहाँका किसानले धौलागिरी बाहिरका जिल्लामा राम्रो मूल्य पाउ“दा उतै निर्यात गर्दै आइरहेका थिए ।
तराई बन्द र नाकाबन्दीका कारण गोलभेंडा, मुला, काउलीलगायतका तरकारीको मूल्य सस्तिएपछि यहा“का अधिकांश किसान बीउ उत्पादनमा लागेका छन् । ‘बाहिर पठाउन नपाएपछि गोलभेंडाको बीउ बनाउन थालेको छु,’ स्थानीय किसान एकनारायण पौडेलले बताए ।, ‘‘मूल्य राम्रो पाएको भए बीउ भन्दा हरियो बेच्दा दोब्बर आम्दानी हुन्थ्यो ।’’
गाउ“का अधिकांश किसान अहिले धान, गहु“, मकैलगायतका खाद्यान्नबाली छोडेर तरकारीखेतीमा लागेका छन् । खाद्यबालीको तुलनामा तरकारीबाट दशाँैं गुणाबढी आम्दानी हुने भएपछि वडाभरि रहेका करिब ३०० घरपरिवार सबै तरकारीमा लागेका छन् ।
केही वर्षअघि रेमिट्यान्सबाट धानिएको यो गाउँमा अहिले विदेश गएका युवा भेटिन मुस्किल छ । ‘दश वर्षअघि एकजना विदेश नगएको कुनै घर थिएन,’ स्थानीय नवराज आचार्यले भने, ‘‘अहिले विदेश गएको घर भेट्न मुस्किल छ ।’’ म्याग्दी सदरमुकाममा खुद्रा व्यवसाय गर्दै आउनुभएका आचार्यले ६ वर्षअघि गाउ“मै फर्किएर तरकारीमा खेतीमा लागेका हुन् । यहा“का सबै किसानलाई अरु सबै पेसा व्यवसाय भन्दा तरकारीबाटै राम्रो आम्दानी भएको छ ।

प्रकाशित मिति: शनिबार, माघ २३, २०७२