शुक्रबार, चैत्र १६, २०८०

एकातिर सुख्खा अर्कोतिर ट्युवेलको पैसा

 घोराही । उव्जीए खाउला ,नउव्जीए नखाउला ’ व्यार्ड छिप्पीनै लाग्यो पानी पर्दैन यही बुक्लोमा भए नी. धान रोपेर चित्त बुझाउनै  प¥यौ । तुलसीपुर उप–महानगरपालिका १७ का रामविर चौधरीले धुलोमा धानको विउ फाल्दै भने हुन के होला र ? तर चित्त वुझाउन भएपनि व्यार्ड घुर्सानै प¥यौ ।  photo

सिचाईका लागि वैकल्पीक उपाय केही छैन । यही आकाशे पानीको भर हो । त्यो पनि पर्दैन ।  के होला र के खाउला भन्ने चिन्ता छ । चौधरीले भने ‘करिव  एक विगाह खेत वाँझै छ । कहिले पर्ला पानी, कहिले सकिएला  भन्ने चिन्ता छ । ’ विहान हलगोरु लगेर खेतमा पुग्यो एक गरा जोत्यो घर फर्कियो । १०÷१२ दिनमा सकिने खेती महिना दिन वितिसक्दा समेत सकिएको  छैन । उनले थपे , पानी नपर्दा एकातिर  समयको बर्बाद अर्कातिर खेतीको चिन्ता चाँडै सिध्याई तिज मनाउने पैसा कमाउला बजार काममा जाउला भनेको महिना दिन वित्न लाग्यो पानी पर्दै–पर्दैन  । के गरी खेती गर्ने हो ।

 खेती नगरे खान नपाईन , कमाई नगरे  नुन तेलको जोहो चल्दैन । के गर्ने के नगर्ने हैरान भए उनले भने ‘ अन्य क्षेत्रमा पम्पीङ सेट पानी चाहादै खेती गर्दछन । तर हाम्रोमा त्यो पनि छैन  । साउनमा खडेरी भयो । बुक्लोमा पनि धान रोप्नै प¥यौ ।  तर टाँटी लागेको छ । आकाश तिर हेरेर दिन विताउनु परेको छ ।

मानो रोपी मुरी उज्वाउने  वेलामा  खेतका गरा गन्दै आज यति र भोली उति भन्दै दिन विताउनु परेको चिन्ता उनी जस्तै धेरै किसानहरुको रहेको छ । पानी पर्र्दैन ,खेत वाँझै हुदा किसानहरुलाई खेतीको पिरलो बढेका छ । साउन सकिनै लाग्दा समेत लाग्दा समेत वर्षा नहुदा किसानहरु खेती बिग्रिने चिन्तामा परेका छन । साउने टाँटीले किसानलाई थप चिन्तित वनाएको छ । अन्य क्षेत्रमा धान गोडाई सुरु हुन थाल्ला  तुलसीपुरको विजौरी , घोराहीको नारायणपुर क्षेत्रमा धान रोपाई अझै हुन नसक्दा किसानहरु चिन्तामा परेका हुन ।
तुलसीपुर १८ का दिपेन्द्र नेपालीले धान रोपाईका लागि  समय सकिन्नै लाग्दा समेत पानी नपर्दा खेतीमा समस्या आएको वताए ।  उनले भने– व्यार्ड पनि छिप्पीसक्यो ्, अव रोपे पनि  सप्रिदैन । दुख गरेर मात्रै के गर्ने ?

दाङमा ३० प्रतिशत खेत अझै बाँझो
जिल्ला कृषि विकास कार्यालय दाङले जिल्लामा ३० प्रतिशत खेतीमा अझै रोपाई हुन नसकेको जनाएको छ ।  समयमा पानी पर्न नसक्दा यस पालीको दाङको धान रोपाईमा ढिलाई भएको  जनाएको छ । जिल्ला कृर्षि विकास कार्यालय दाङ सुचना अधिकारी भरतमणि पोख्रेलले जिल्लाका ३८ हजार हेक्टर धान खेत मध्ये २८ हजार ५ सय हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाई सकिएको जानकारी दिए ।

वाँकी करिव  एक हजार २ सय  क्षेत्रफलमा खेती भएको वताए  । जिल्ला कृषि विकास कार्यालय वरिष्ठ कृर्षि विकास अधिकृत दिपक कुमार शर्माका अनुसार  ढिला वर्षातका कारण धान रोपाई ढिलो भएको वताए । वर्षात कम हुदा यस वर्षको धान वालीको उत्पादकत्व समेत घट्न सक्ने उनले वताए । धान रोपाईको समय सिधिन लाग्दा समेत धान रोपाई हुन नसक्दा धानवालीको उत्पादन यस वर्ष दाङमा १५÷२० प्रतिशत गिरावट आउने अनुमान जिल्ला कृषि विकास कार्यालयले गरेको उनले वताए ।

जिल्ला कृर्षि विकास कार्यालय दाङका माटो विज्ञ दिवाकर  यादवले   बुक्लो माटोमा पनि समय भित्र रोपाई गरेको धानवाली उम्रिए पनि  सिचाईको प्रशस्त सुविधा भए वालीको उत्पादन राम्रो हुन सक्ने उनले वताए । यादवले धानवालीका लागि प्रशस्त सिचाई पुगेमा अझै वाली सप्रन सक्ने भएकाले धानवाली साउन सम्ममा लगाए सक्ने किसानहरु लाई आग्रह गरे ।

दाङमा फाँटफुट वर्षातको अनुमान
दाङमा निरन्तर वर्षात नभए पनि फाँटफूट वर्षात भएको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय घोराही दाङका अनुुसार वितेको २४ घण्टामा दाङमा ८२ दशमलव ४ मिलिमिटर वर्षात भएको जनाएको छ ।

कार्यालयकी मधु कुमार मिश्रका अनुसार दाङमा  फाँटफुट वर्षातको लक्षण देखिएको जानकारी दिईन । तर दाङमा अत्याधिक वर्षातको लक्षम पनि देखिएको छैन । वादल फाट्दै गईरहेकाले दाङमा यस वर्ष कम वर्षात हुने अनुमान गरिएको छ । गिरिराज नेपाली 

प्रकाशित मिति: शनिबार, साउन २१, २०७४