बिहिबार, बैशाख ६, २०८१

एउटै मन्त्रीले पुग्ने मन्त्रालयमा चार मन्त्री,कृषिमा आईन् सरिता

काठमाडौं, भाद्र ६ । आफू प्रधानमन्त्री भएका बेला सँधै जम्वो टोलीको मन्त्रीमण्डल बनाउने नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यो पटक पनि जम्वो टोलीलाई विस्तार गरेका छन् । एउटै मन्त्रालय भए पुग्ने कृषि विकास मन्त्रालयमा केपी शर्मा ओलीले सत्तामा भागबण्डा मिलाउनका लागि मन्त्रालय नै फुटाएर कृषि र पशुपन्छी बनाएका थिए । अहिले यी दुवै मन्त्रालयमा पुन राज्य मन्त्री नियुक्ति भएका छन् । आज कृषि राज्यमन्त्रीमा रुपमा कृषि विकास मन्त्रालयले सरिता प्रसाइँलाई पाएको छ । sarita prasai
एउटै मन्त्रालय र एउटै मन्त्री भए पुग्ने कृषि विकास मन्त्रालय विभाजन पछि पशुपन्छी विकास मन्त्रालय तर केपी ओलीको सरकार ढले लगतै कृषि विकास मन्त्रालय र पशुपन्छी विकास मन्त्रालय गाभ्ने विषयमा माओवादी केन्द्र्र जुटेका थियो । तर सम्भव भएन प्रधानमन्त्री दाहालले नै पशुपन्छी मन्त्रालय लामो समय सम्हाले र उनले पनि सत्ता छाड्ने बेलामा राज्यमन्त्री मात्र नियुक्ति गरे ।
अहिले शेरबहादुर देउवाको नेतृत्वमा त त्यसले झन् विस्तारित गरायो । पशुपन्छी विकास मन्त्रालयमा मन्त्री र राज्य मन्त्री कृृषि विकास मन्त्रालयमा पनि मन्त्री र राज्य मन्त्री ३ वर्ष अगाडिसम्म एउटै मन्त्रीले चलाएको मन्त्रालय विभाजन पछाडि चार मन्त्री बनाउने अवस्था आयो । धन्न छ नेपाली किसानहरुले कृषि क्षेत्रको अरु विकास नपाए पछि मन्त्री भने धेरै पाएका छन् ।
कृषि राज्य मन्त्रीका रुपमा नियुक्ति पाएपछि पदबहाली गर्दै कृषि राज्य मन्त्री प्रसाईँले कर्मचारीहरुसँग आफू समन्वय गरेर अगाडि बढ्ने बताईन् ।

प्रकाशित मिति: मङ्लबार, भदौ ६, २०७४