बुधबार, बैशाख १२, २०८१

उपत्यका भित्रने सवै नाकामा विषादी परीक्षण

काठमाडौं, पौष । विगत दुइबर्षदेखि तरकारीका विषादी प्रयोग चेकजांच गदै आईरहेको बाली संरक्षण निर्देशनालले यसलाई थप शसक्त बनाउंदै लगेको छ । बाली संरक्षण निर्देशनालयसंग भएको सिमित श्रोत साधनलाई भरपूर प्रयोग गदै उपत्यका सवैभन्दा ठूलो तरकारी तथा फलफूल बजार कालीमाटीमा विषादी द्रूत विश्लेषण केन्द्र नै स्थापना गरेर विषादी प्रयोग भएका तरकारी नष्ट गर्दै आएको थियो । bisadi mechin
कालीमाटी तरकारी बजारमा ल्याइने फलफूल एवं तरकारीहरुक विषादी प्रयोगको मात्रा बढी देखिनासाथ नष्ट गर्न थालिएपछि व्यवसायीहरुले कालीमाटी बाहेकका तरकारी बजारमा विक्री वितरण गर्न थालेका छन् । उपत्यका भित्र रहेको विभिन्न तरकारी बजारमा विषादी प्रयोग भएका तरकारी विक्री हुन थालेको भन्दै बाली संरक्षण निर्देशनालयले उपत्यकाका नाकाहरुलाई नै लक्षित गरी तरकारी तथा फलफूलको परिक्षण थालिएको सो निर्देशनालयका प्रमुख डा डिल्लीराम शर्माले बताए ।
प्रमुख शर्माका अनुसार उपत्यकामा तरकारी भित्रने थानकोट, फर्पिङ, बालाजु, जगातीलगायतका नाका लक्षित गरेर तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण थालेको हो । “कालीमाटी बजारमा मात्रै विषादीको परीक्षण हुँदा अन्य स्थानमा विषादी भएका तरकारी÷फलफूल बिक्री हुनसक्ने देखियो,” उनले भने ।

प्रकाशित मिति: बुधबार, पुस २७, २०७३