बिहिबार, चैत्र १५, २०८०

उपत्यका भित्रने सवै तरकारी विषादी रहित हो भनेर भन्न मिल्दैन

dilli-rama-sarma

डा.डिल्लीराम शर्मा
कार्यक्रम निर्देशक
बाली संरक्षण निर्देशनालय

० उपत्यका भित्रिने हरिया तरकारीका विषादी प्रयोगको मात्रा कस्तो छ ?
अहिले हामीले कालीमाटी भित्रने तरकारीको मात्र नियमित चेकजांच गरिरहेका छौ । धेरै तरकारी बजारहरुमा फरक फरक ठाउंबाट तरकारीहरु भित्रिए पनि सवैभन्दा बढी आउने भनेको कालीमाटी तरकारी बजार नै हो । त्यसलाई नै लक्षित गरी हामीले विषादी चेकजांचको व्यवस्था गरेका हौं । प्रयोगशालाको प्रतिवेदन अनुसार पछिल्ला समयमा धेरै विषादी प्रयोग गरिएका तरकारी आउन छाडेको छ । विषादीका अवशेष कम भएका तरकारी आउनुले किसानहरु सचेत भए भन्ने कुरा यसले देखाउंछ । अन्य तरकारी बजारमा हामीले चेकजांच गरेका छैनौ तर उपत्यका भित्रने सवै नाकामा छड्के चेकजांच भने गर्दै आईरहेका छौं ।
० चारै नाकामा गएर चेकजांच गर्दा विषादी प्रयोग भएका तरकारी तथा फलपूmल पाउनु भएको कि भएन ?
हामीले विगतका बर्षहरुका कालीमाटी तरकारी बजारमा नै चेकजांच गर्दा अत्यधिक विषादी प्रयोग गरेर ल्याएका धेरै तरकारीहरु नष्ट नै गरेका थियौं । त्यही भएर यसबर्ष हामीले नाका नाकामा नै गएर चेकजांच गर्न शुरु गरेपछि अहिले नाकाबाट भित्रिने तरकारीमा विषादीका प्रयोग भएको पाइएको छैन । तर उपत्यका भित्रने जति सवै तरकारी विषादी रहित हो भनेर भन्न मिल्दैन ।
० त्यसो भए विषादी प्रयोग हुनै छाडेको हो त ?
त्यसो होइन विषादी प्रयोग भईरहेका छन् । विषादी प्रयोग नै गर्नु हुंदैन भन्ने पनि होइन घातक विषादी प्रयोग नगर्नुस् भन्ने हाम्रो अनुरोध हो । तर विषादी प्रयोग गर्दा किसानहरुले अपनाउनु पर्ने सुरक्षाहरु अपनाएर मात्र प्रयोग गर्नुस् भन्ने एउटा कुरा छ भने अर्को कुरा विषादी प्रयोग पछि त्यसको कुर्नु पर्ने समय कुरेर मात्र तरकारी खान वा विक्रीका लागि टिप्नु पदैछ । अहिले तरकारीहरुमा विषादी नदेखिनु भनेको विषादी नै प्रयोग नगरेको होइन कि किसानहरुले विषादी प्रयोग पछि कुर्नुपर्ने समय कुरेर मात्र टिपेकाले अवशेष नदेखिएका हुन् जस्तो लाग्छ । सवैभन्दा महत्वपूर्ण कुरा भनेको नै विषादी प्रयोग गरिसकेपछि कुर्नु पर्ने समय कुरेर मात्र तरकारी टिप्नु पर्दछ ।
० विषादी प्रयोग मुक्त सप्ताह सञ्चालन भईरहेको छ । कसरी मुल्यांकन गर्नु भएको छ ?
विगतका वर्ष सप्ताह मनाउदा धेरै मनिसलाई विषादीको बारेमा त्यतिधेरै थाहा थिएन कालीमाटीमा राखिएको विषादी प्रयोगशालाका कारण धेरै चर्चा र उपभोक्ता तथा किसानहरुको सहभागिता पनि रह्यो । अहिले धेरै मानिसलाई विषादी के हो भनेर थाहा भएको छ । उपभोक्ताहरु विषादीको डरले अर्गानिक बजार खोज्दै हिड्न थाल्नु भएको छ । त्यसैले यसलाई यतिले पुग्दैन विषादी न्युनिकरण गर्दै अर्गानिकमा नै जानु पर्ने हुन्छ । धेरै मानिसहरुबाट अर्गानिकको कुरा आईरहेको छ । हामीले यो सप्ताहमा मात्र हाईन नेपाल सरकारको नीतिमानै अर्गानिकमा कसरी जाने र रासायनिक विषादीको प्रयोगमा न्युनिकरण कसरी गर्ने भन्ने नीतिमा नै आउन जरुरी छ भन्ने आवाज उठाउदै आएको छौं । यो सप्ताहले विषादी न्युनिकरण गर्दै अगाडि बढ्न सहयोग पुग्छ जस्तो लाग्छ ।
० विषादी मुक्त सप्ताह मनाइरहँदा वजारमा प्रतिवन्धित विषादी पनि छ्यापछ्याप्ती विक्रि वितरण भैरहेको भन्छन नि ?
प्रतिबन्धित विषादी बजारमा पाईरहेको कुरा बिभिन्न सञ्चारमाध्यममा अआयो त्यस पछि तत्कालै सम्वन्धित कृषि विकास र विषादी रजिस्टरको टोली गएर कतिपय ठाउंमा तुरुन्तै छापा पनि मारेको हो तर सञ्चारमाध्यमले भनेजस्तो प्रतिबन्धित विषादी हामीले पाएनौ । केही म्याद नाघेका विषादी भेटाइयो र हामीले तत्काल कार्वाही पनि गरेको छौ । त्यस्ता खाले विषादी बिक्रिनै नगरेको भन्न सकिन्न तर, समाचारमा आएका जस्ता विषादी हामीले पाएका छैनौ ।
० खुल्ला सिमानाका कारण आउने प्रतिबन्धित विषादी रोक्नको लागि के गरिदै छ ?
तराईको खुल्ला सिमानाका कारणले गर्दा प्रतिवन्धित भएका विषादीहरु भारतका एजेन्टहरुले नेपाल आएर गाउंगाउंमा प्रचार प्रसार गरेर विक्री वितरण गरेको पनि हामीले पाएका छौ । हाम्रा किसानहरुले पनि भारत गएर खतरनमक विषादी ल्याएको हामिले पाएका छौं । त्यसलाई न्युनिकरण गर्न र हाम्रा किसानमा जनचेतनाको अभिवृद्धी गर्नको लागि हामीले बिषादी मुक्त सप्ताह घोषणा गरेको हो । जबसम्म किसानलाई जनचेतनाको अभिवृद्धि हुदैन तबसम्म बिषादी न्युनिकरण हुन गाह्रो छ । त्यसैले हामी जनचेतना अभिवृद्धि तर्फ लागेको छौं ।
० रासायनिक बिषादी न्युनिकरण गरी प्रांगारिक विषादीको प्रयोग बढाउनका लागि यहाहरुले केके गरिरहनु भएको छ ?
हाम्रो नीतिनै त्यही हो रासायनिक विषादीलाई कमगर्दै लैजाने र जैविक बानस्पतिक विषादीलाई बढाव दिने । हामीले जिल्ला जिल्लामा आईपिएम कार्यक्रमलाई अगाडि बढाउका छौं । प्लान्ट क्लिनिक सञ्चालन गरिरहेका छौं , प्रांगारिक विषादी उत्पादनका लागि तालिमहरु प्रदान गरिरहेका छौं । यी लगायत धेरै कार्यहरु बाली संरक्षण निर्देशनालय मार्फत भईरहेका छन् ।
० आम किसानहरुलाई के भन्नु हुन्छ ?
किसानले विषादी विष हो औषधी होइन भन्ने कुरा बुझ्नु प¥यो र यसलाई जथाभावी प्रयोग गर्नु हुन्न भन्ने पनि बुभ्mनु पर्छ । विशेष गरेर विषादी प्रयोग गरिसकेपछि कृषि उपज टिप्नका लागि पर्खनु पर्ने समयसम्म पर्खौ, विषादी प्रयोग गरेको समयको सहि ख्याल राखौ । यदी विषादी प्रयोग भएको भए राम्रोसंग पखालेर बोक्रा केलाएर खाने बानी बसालौ । -वैकुण्ठ भण्डारी

प्रकाशित मिति: सोमवार, मंसिर २०, २०७३