शुक्रबार, चैत्र १६, २०८०

उपत्यकामा विक्री भईरहेका सवै तरकारी खानयोग्य

काठमाडौं, असार । भारतबाट आयात गरिएका तरकारीमा विषादी परीक्षणका कुराले आम उपभोक्ताहरुलाई त्रसित तुल्याएको छ । आफूले खरिद गरेको तरकारी विषादीयुक्त हो कि भन्नेमा आम उपभोक्ता त्रसित देखिएका हुन् । तर अहिल बजारमा विक्री भईरहेको सवै किसिमका तरकारीहरु खानयोग्य रहेको बताइएको छ ।
कालीमाटीस्थित विषादी प्रयोगशालाले गरेको नमूना परीक्षणमा विषादीको मात्रा नदेखिएकाले तरकारी खान योग्य भएको प्लाण्ट क्वारेण्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका प्रमुख डा डिल्लीराम शर्माले बताए । उनले बाहिर चर्चामा आएजस्तो बजारका तरकारी तथा फलफूलमा विषादी नरहेको समेत स्पष्ट पारेका छन् ।
भारतबाट आयात गरिएका केही तरकारीमा विगतमा विषादी देखिएको भएपनि पछिल्ला समयमा त्यस्तो नदेखिएको समेत उनले बताए । ‘दुई तीन वर्ष अगाडिको तथ्यांक हेर्ने हा भने विषादी प्रयोग भएका तरकारी भेटिन्थ्यो अहिले नियमित चेकजाँच हुने भएपछि त्यस्ता तरकारी आउन नै छाडेका छन् ’ शर्माको भनाई छ ।
सरकारले भारत तथा अन्य देशहरुबाट तरकारी एवं फलपूmल आयात गर्दा भन्सार विन्दुमा नै क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परिक्षण अनिवार्य रुपमा गर्नु पर्ने निर्णय फिर्ता लिएपछि आमनागरिकमा त्रास फैलिएको हो ।
ताजा तरकारी तथा फलफूलमा विषादी प्रयोग हुने गरिएको भएपनि अवशेषको मात्रा अनुरुप प्रयोग हुने गर्दछ । तरकारी तथा फलफूलमा विषादीको मात्रा ३५ देखि ४५ प्रतिशतसम्म भएका खान योग्य हुन्छ । त्यस्तै विषादीका मात्रा ४५ देखि माथि देखिएका चारपाँच दिन खुल्ला राखेर खान उपयुक्त हुने बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६