शनिबार, बैशाख ८, २०८१

उन्नत जातको गहु“को वीउ प्रशस्त व्यवस्था

काठमाडौँ मंसिर ३०। राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेडले कम्पनीले गहुँ बीउ अनुदानमा बढी परिमाण बिक्री वितरण गर्न आफ्नो क्षमता र गुणस्तरयुक्त बीउको उपलब्धताका आधारमा यथेष्ट प्रयास गरेको जनाएको छ ।
कम्पनीद्वारा जारी विज्ञप्तिमा अनुदानित बीउ कृषकले पर्याप्त परिमाणमा नपाएको एवम् तराईका केही जिल्लाबाट अनुदानित गहुँ बीउ भारततर्पm गएको समाचार सार्वजनिक भएपछि कृषि विकास मन्त्रालयको निर्देशनमा अनगुमन तथा छानबिन टोलीसमेत गठन गरी कारबाही अगाडि बढाइएको उल्लेख गरिएको छ । Utam kumar bhatrai
यस वर्ष अनुदानित बीउको माग कृषकबाट धेरै आएको सन्दर्भ समेतलाई दृष्टिगत गरी कम्पनी आगामी वर्ष बढीभन्दा बढी परिमाणमा गुणस्तरयुक्त बीउको व्यबस्था गरी कृषकका मागअनुसार आपूर्ति गर्ने प्रतिबद्धता व्यक्त समेत व्यक्त गरेका छ । साथै कम्पनीका अध्यक्ष उत्तमकुमार भट्टराईका अनुसार गहुँको वीऊ विगत बर्षको भन्दा बढी अनुदान उपलब्ध गराएको छ । तर विगतमा घरमै तयार गरिएको गहुँको वीउ भन्दा पनि उन्नत जातको सरकारले अनुदानमा वितरण गरिएको वीऊप्रति किसानहरु उत्सुकता देखिएकाले वीउ चाँडै सकिएको हुन सक्ने अनुमान गरिएको छ । तर किसानका लागि हामील् प्रशस्त मात्रमा वीउ उपलब्ध गराउने प्रयास गरिरहेका छौं ।
किसानहरुले वीउ सहज रुपमा प्राप्त गर्न सक्नेछन् भट्टराईले प्रतिवद्धताका साथ व्यक्त गरेका छन् । साथै किसानहरुलाई भ्रममा पार्ने गरी समाचार प्रशारण नगरीदिन समेत भट्टराईले आग्रह गरेका छन् ।

प्रकाशित मिति: आइतवार, मंसिर ३०, २०७०