शुक्रबार, चैत्र १६, २०८०

उन्नत जातका बीउको विकास

काठमाडौं ८ माघ । कृषि अनुसन्धान परिषद् (नार्क)ले विभिन्न नयाँ जातका उन्नत किसिमका अन्नबालीको बीउको विकास गरेको छ ।
परिषद्ले मकै, धान, गहँु, तोरी, मुसुरोलगायत अन्नबालीका नयाँ उन्नत जातका बीउको विकास गरेको परिषद्का वरिष्ठ वैज्ञानिक टीकाबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार मकैमा वसन्त मकै, बर्खे मकै, अरुण–३, अरुण–४ र अरुण–६, मनकामना–३, मनकामना–४, मनकामना–५ र मनकामना–६ जातका बीउ तयार गरिएको छ । मनकामना जातका मकैको बीउ उच्च पहाडी क्षेत्रका लागि तयार पारिएको हो ।
वसन्त मकै माघ फागुनमा रोपेर जेठ असारमा पाक्ने र बर्खे मकै असारमा रोपेर असोजमा पाक्ने खालका रहेका छन् । जोर नाम भएका मकै रातो र बिजोर नाम भएका मकै सेतो रहेका छन् ।

प्रकाशित मिति: सोमवार, माघ ८, २०७४