मङ्लबार, बैशाख ११, २०८१

उद्यम सवलीकरण परियोजना शुभारम्भ

काठमाडौं, वैशाख । हेफर नेपालले उद्यम सवलीकरण नामक परियोजनाको शुभारम्भ गरेको छ । साना किसानहरु मार्फत पशु मूल्य श्रृंखलामा आधारित रहेर सो परियोजना शुभारम्भ गरिएको हेफरले जनाएको छ । नेपालका ३१ जिल्लाहरुका १ लाख २५ हजार साना किसानहरुको जीविकोपार्जन सुधारका लागि सन् २०२१ सम्ममा साना किसान परिवारको औसत वार्षिक आय ७२ प्रतिशतबृद्धि अर्थात ३ लाख ९० हजारबाट ५ लाख ५७ हजारले बृद्धि गर्ने लक्ष्यका साथ हेफर इन्टरनेशनल नेपालले ‘strengthening Smallholder Enterprises off Livestock Value Chain (SLVC-ll) परियोजना शुभारम्भ गरेको जनाएको छ । सो संस्थाका अनुसार परियोजनाले थप ३ लाख ५० हजार परिवारहरुलाई उत्पादन सामाग्री तथा सेवा र बजार पहुँच पु¥याई अप्रत्यक्ष रुपमा लाभान्वित गर्ने हेफरले जनाएको हुने छन् ।
साना किसाननहरुलाई कृषि उद्यमी बन्न सहजीकरण गर्ने हो भने सक्षम उत्पादक बन्न सक्छन् र उनीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय खाद्य बजार संजालमा एकीकृत गर्न सकिन्छ भन्ने हेफरको अनुभव रहेको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, बैशाख २८, २०७५