शुक्रबार, चैत्र १६, २०८०

उत्पादन घट्दै किबी

इलाम, २७ मंसिर । जिल्लामै पहिलोपटक किबी फलको व्यावसायिक खेती शुरू गर्नुभएका सुलुबुङ–५ का तारामणि खतिवडा आजभोलि किबी फल बिक्री गर्न व्यस्त हुनुहुन्छ । अहिले फल टिपाइ शुरू भएको छ । बिक्रीका लागि बजारसम्म पु¥याउनु पर्ने भएकाले उनलाई अन्य काम भ्याउनै मुस्किल छ । उत्पादनको शुरूमै प्रतिकिलो रु ३०० देखि रु ४०० मा किनबेच हुन थालेको किबी फल संकलनको तयारीमा लागेका खतिवडाले यसपालि विराटनगर, काठमाडौँ, पोखरा लगेर बिक्री गर्ने तयारी गरेको बताए ।
किबी फल प्रतिकिलो ए ग्रेडको रु ४०० र बी ग्रेडको रु ३०० मा बिक्री हुन थालेको छ । जिल्लाको सुलुबुङ, साँखेजुङ, लुम्दे, साङरुम्वा, सूर्याेदय नगरपालिका, सन्दकपुर गाउँपालिकाको मावु, माईमझुवा र जमुना तथा इलाम नगरपालिकाको सुम्वेक र आमचोकमा यसको व्यावसायिक खेती गरिँदै आएको छ ।
यसपटक फल लागेको बेलामा असिनापानी परेका कारण उत्पादन घटेको खतिवडाले बताए । हजार किलो किबी फल उत्पादन गरेका खतिवडाले यसपटक त्यसको आधामात्र उत्पादन भएको बताए । अलैँचीखेती मासेर १६ रोपनी बारीमा किबी फल लगाएका साँखेजुङका टेकबहादुर विष्टले यस वर्ष १० क्विन्टल उत्पादन भएको बताए । गत वर्ष रु चार लाख बराबरको किबी बिक्री गरेका विष्टले यसपटक रु तीन लाखको बिक्री गर्ने लक्ष्य राखेका छन् ।
किबी फस्टाएपछि व्यावसायिक चिया र गाईपालन गर्दै आएका विष्टलाई नयाँ खेतीप्रति मोह बढ्दै गएको छ । किबी फलको खेती फस्टाउँदै गएपछि जिल्लाका धेरै किसानले यसलाई आम्दानीको स्रोत बनाएका छन् । फलभन्दा पनि बिरुवा बढी मूल्यमा बिक्री हुने गरेको उनी बताउँछन् । एउटा बिरुवा रु ३०० सम्ममा बिक्री हुने गरेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०७४