शनिबार, बैशाख ८, २०८१

उत्पादनका आधारमा कृषि बीमा गर्न माग

नेपालगञ्ज, १६ मंसिर । बाँकेका अधिकांश किसानले लागतको आधारमा नभई उत्पादनका आधारमा कृषि बीमा लागू गरिनु पर्ने माग गरेका छन् । उत्पादन गरेको कृषि बस्तुमा सरकारले बीमा नगर्दा बीमा गराउनेतर्फ किसानको आकर्षण नबढेको उनीहरुको भनाई छ ।
बीमाले लागत मात्रको क्षतिर्पूिर्त दिने हुँदा अव उत्पादन सहितको क्षतिपूर्ति दिने व्यवस्था मिलाउनु पर्ने माग अगाडि सारिएको उनीहरुले बताए ।

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०७४