मङ्लबार, बैशाख ४, २०८१

इलामको चिज काठमाडौँमा बिक्री

इलाम, चैत । इलाममा उत्पादन भएको चिज काठमाडौँमा बिक्री भइरहेको छ । पशुपतिनगर–९ तीनखुट्टेमा रहेको लक्की डेरी उद्योगले उत्पादन गरेको करिब आठ सय किलो चिज काठमाडौँमा बिक्री गरेको हो । सो उद्योगका सञ्चालक तुलु तामाङका अनुसार उद्योगले एक हजार ६०० लिटर दूधबाट दैनिक करिब एक हजार २०० किलो चिज उत्पादन गर्दैआएको छ ।
चिज उद्योगबाट प्रतिकिलो रु ६५० मा चिज बिक्री भइरहेको छ । सो उद्योगले उत्पादन गरेको चिज काठमाडौँबाहेक भारतको दार्जिलिङ, मनाङ र जोमसोममा समेत बिक्री भइरहेको छ । उद्योगमा अहिले करिब रु २५ लाखको लगानी रहेको छ ।

प्रकाशित मिति: बिहिबार, चैत्र २४, २०७३