शुक्रबार, बैशाख ७, २०८१

इन्टेग्रिटी आइडल नेपालका लागि कृषिका अरुण चयन

काठमाडौँ , मंसिर। सार्वजनिक प्रशासन क्षेत्रमा काम गर्ने पाँच जना उत्कृष्ट कर्मचारीलाई ‘इन्टेग्रिटी आइडल नेपाल–२०१८’ प्रतिष्पर्धाका लागि चयन गरेको छ । सेवाग्राहीको कामप्रतिको मूल्याङ्कनका आधारमा पाँच जना कर्मचारीलाई आइडलका लागि चनय गरेको छ ।
उत्कृष्ठ पाँचजनाभित्र परेका कर्मचारीमा पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको तरकारी बाली विकास केन्द्र खुमलटार ललितपुरका वरिष्ठ बागवानी विकास अधिकृत अरुण काफ्ले परेका छन् ११ हजार भन्दा बढी कृषि प्राविधिक कर्मचारीहरु रहेको छन् । कृषि प्राविधिक कर्मचारीबाट सो प्रतिष्पर्धाका चयन हुनु कृषि क्षेत्रका लागि गौरवको विषयमा बनेको छ ।
चयन भएका पाँच कर्मचारीहरु मध्ये एक जनालाई सन् २०१८ को इन्टेग्रिटी आईडल घोषणा गरिने छ । प्रतिष्पर्धामा चयन भएका पाँच कर्मचारी मध्ये अन्य कर्मचारीमा े टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रवराज आचार्य, युवा तथा खेलकूद मन्त्रालयका उपसचिव महेन्द्रप्रसाद पौड्याल, बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङ र वीरेन्द्रनगर नगरपालिका नगर स्वास्थ्य कार्यलयमा कार्यरत अनमी सीताकुमारी शर्मा रहेका छन् ।

प्रकाशित मिति: मङ्लबार, मंसिर ४, २०७५