शुक्रबार, बैशाख ७, २०८१

इजरायली राजदूतले भने नेपालमा कृषिमा लगानी गछौं

काठमाडौं, वैशाख । नेपालका लागि इजरायली राजदूत बोनी ओमेरले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवासमै पुगेर भेट गरेका छन् ।
केही वर्ष अगाडि देखि साना किसान विकास वैक नामक लघु वित्त कम्पनीको माध्यमबाट नेपाली युवाहरुलाई कृषि प्रशिक्षार्थीका रुपमा इजरायल लगिंदै आईरहेको छ । इजरायल प्रशिक्षार्थीका रुपमा साना किसान वैक मार्फत लैजानु गलत भएको तात्कालिन कृषिराज्य मन्त्री राधिका तामाङले बताईरहँदा साना किसान वैक सरकारकै विपक्षमा उभिएको थियो ।
तर यतिखेर इजरायली राजदूतले प्रचण्डसँग भेट गरी नेपालको कृषि क्षेत्रको विकासमा सहयोग गर्न इजरायल तयार रहेको बताएका छन् । नेपालमा व्यवसायिक तालिम केन्द्र खोल्न तत्पर रहेको पनि उनले बताए ।
प्रचण्ड निवासमा भएको भेटमा उनले भने, ‘मौरीपालन, फलफूल र तरकारी खेतीलाई आफूहरुले प्राथमिकतामा राखेको बताएका बताउँदै बोनीले कृषि क्षेत्र नेपाली किसानसँग सहकार्य गर्न इच्छुक भएको समेत बताएका छन् ।
सिकौं र कमाऔं भन्ने नीति इजरायलको रहेको बताउँदै राजदूत ओमेरले नेपालमा व्यवसायिक तालिम केन्द्र खोल्न आफूहरू तत्पर रहेको धारणा पनि राखेको प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रचण्डले पनि कृषिमा आधारित उद्योगका लागि आफूहरु इजरायलसँग प्राविधिक सहकार्य गर्न इच्छुक रहेको बताएका थिए । ‘इजरायलको कृषि क्षेत्रको प्रगति हाम्रा लागि प्रेरणा स्रोत हुन्,’ प्रचण्डले भने, ‘नेपालको आर्थिक समृद्धि कृषिमा आधारित उद्योगको विकासबाट मात्र सम्भव छ र त्यसमा इजरायलको प्रविधि हाम्रा लागि धेरै महत्वपूर्ण हुन्छ ।’

प्रकाशित मिति: मङ्लबार, बैशाख १८, २०७५