शनिबार, बैशाख ८, २०८१

आलुमा डढुवा रोग नियन्त्रण गर्न औषधि

कलैया, २६ पुस । यही पुस ९ गतेदेखि सुरु भएको शीतलहरले कृषकले यस वर्ष खेती गरेको आलुका बोटमा डढुवा रोग देखा परेकाले रोग नियन्त्रण गर्न कृषकले औषधि छर्ने काम गरेका छन् । थाहा भएको छ । बारा जिल्लामा यस वर्ष करिब सात हजार ५० हेक्टर क्षेत्रफलमा विभिन्न जातको आलुखेती गरिएकामा शीतलहरले गर्दा करिब १० प्रतिशत क्षेत्रफलमा डढुवा रोग देखापरेको छ । कृषकले औषधि छरी रोग नियन्त्रणसमेत गरेको कृषि विकास कार्यालयका योजना अधिकृत रामदयार ठाकुरले बताउनुभयो । अमृतगन्ज, गोलागन्ज, हरिहरपुर, उचिडिह, मकडिया, भत्अिर्वा, बिसुनपुरा, पिपरपानी, देवापुर र बनौली गाविस आलुखेतीको मुख्य आम्दानी क्षेत्र भए तापनि अन्य गाविसमा पनि आलुखेती गर्ने गरिएको थाहा भएको छ । बिक्री गरिएका आलुबालीबाट हालसम्म करिब २०, २५ प्रतिशत आलु उत्पादन कृषकले लिइसकेका छन् । हाल कलैया बजारमा प्रतिकेजी आलु रु २० देखि २५ मा बिक्री भइरहेको थाहा भएको छ । गत वर्ष बाराका कृषकले कुल सात हजार १५ हेक्टर क्षेत्रफलमा विभिन्न जातको आलुखेती गरी प्रतिहेक्टर १६ मेट्रिक टनका दरले कुल एक लाख १२ हजार २४० मेट्रिक टन आलु उत्पादन गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०७०