बिहिबार, बैशाख १३, २०८१

आर्थिक सक्षमताको लागि कृषिमा लगानी

बुटवल, कार्तिक। कृषि राज्य मन्त्री राधिका तामाङ्गले आर्थिक परनिर्भरताको अन्त्य गर्नका लागि कृषिमा लगानीको विकल्प नभएको बताएकी छिन् । उनले कृषिको विकास विना राज्यले आर्थिक छलाङ्ग मार्न नसक्ने भन्दै यसको लागि सामुदायिक स्तरबाट कृषिमा लगानी गर्नुपर्ने धारणा राखिन् ।radhika
हेफर इन्टरनेशन नेपालको आयोजनामा क्षेत्रीय स्वणीम प्रतिभा पुरस्कार वितरण समारोहलाई रुपन्देहीको रानीवगीयामा सम्बोधन गर्दै राज्यमन्त्री तामाङ्ग भनिन्–‘कृषिको आधुनिककीरणको लागि सरकारले ल्याएका विभिन्न योजनाले थप टेवा पुग्ने छ ।’ कुनैपनि िव्याक्ति आर्थिक संक्षमताको लागि कृषिमा लाग्नुको विकल्प नभएको भन्दै उनले बैदेशिक रोजगारीका लागि विदेशीने युवाहरुको श्रम स्वदेशमा नै लगाउनुपर्नेमा सुझाव समेत दिईन् ।
पछिल्लो समयसमा महिला नेतृत्व अगाडी बढिरहेको भन्दै उनले देशका प्रमुख तिन उच्च निकायमा महिलाहलाहरुको सहभागीताले महिला सक्षमताको उदाहरण पेश गरेको बताएकी थिईन् । किसानले कृषि कर्म गर्ने वानी छोड्न नहुने भन्दै उनले सरकारले ल्याएको प्रधानमन्त्री कृषिक पेन्सन योजना किसानहरुकै योजना भएको बताएकी थिईन् । उनले भनिन्–‘यो योजना किसानहरुको योजना हो, किसानहरुकै पसिनाको योजना हो, जसले केहीहद सम्म भएपनि किसानहरुको मनोवल उच्च राख्न सहयोग पु¥याउने छ । ’
रुपन्देहीलाई माछाको सुपरजोनको रुपमा विकास गर्न लागिएको भन्दै राज्यमन्त्री तामाङ्ग विभिन्न जिल्लामा भएका उत्पादानको संभाव्यता अध्यायन गरी विभिन्न जिल्लालाई कृषि विशेष जिल्लाको रुपमा विकास गर्न लागिएको समेत कार्यक्रममा जानकारी दिएकी थिईन् ।
कार्यक्रममा बोल्दै हेफर ईन्टरनेशनल नेपालका प्रमुख डा. तिर्थ रेग्मीले नेपाल सरकार संगको सहकार्यमा संस्थाले किसानहरुको आर्थिक समृद्धिका लागि काम गरेको भन्दै यसलाई निरन्तरता दिने जानकारीदिए । परियोजना समाप्त भएपनि हेफरले दिर्घसमय सम्म किसानहरुको हितको लागि काम गर्ने उनको भनाई रहेको थियो । उनले हाल नेपालमा हेफरले २ लाख ५० हजार घरपरिवार संग सहकार्य गरेको भन्दै यसलाई अझ विस्तारको लागि कार्य अगाडी बढाएको जानकारी दिएका थिए ।
कार्यक्रममा पश्चिमाञ्चल स्तरिय ७० हजार रासीको स्वर्णीम प्रतिभा पुरस्कारबाट सैनामैना–५ कुस्मामा रहेको जयदुर्गा समुहलाई प्रदान गरिएको छ । संस्थाकी अध्यक्ष शारदा शर्मा चौधरी सहितको समुसलाई उक्त पुरस्कार प्रदान गरिएको हेफर नेपालका बरिष्ठ कार्यक्रम अधिृत अनन्त शिलवालले जानकारी दिए ।
कार्यक्रममा उपहार महिला सामाजिक उद्यमी समुह सहकारी संस्थाकी अध्यक्ष होमा देवी पौडेल, जनगायक जीवन शर्मा , सहकारीकी कोषाध्यक्ष यम कुमारी रेग्मी, सचिव शादरा चालिसे लगायले बोलेका थिए । – कृष्ण खनाल

प्रकाशित मिति: शुक्रबार, कार्तिक ५, २०७३