बुधबार, बैशाख १२, २०८१

आर्थिक वर्षको अन्त्यमा मन्त्रालय रित्तो

काठमाडौं, असार  । चालु आर्थिक वर्षको अन्तिम महिनाको पनि आधा महिना वितिसक्दा मन्त्रालयमा थोरै भएपनि चहलपहल हुनु पर्ने थियो । तर कृषि विकास मन्त्रालयमा शुक्रबार सन्नाटा थियो । कृषि विकासमा नत सेवाग्राही को ओहोरो दोहोरो थियो । न त कर्मचारीहरु नै मन्त्रालयमा भेटिन्थे । ministry-of-agriculture
केही कर्मचारीहरु बाहेक मन्त्रालय सुनसान थियो । कृषि सचिवले निमित्त सचिवको जिम्मेवारी दिएका सहसचिव इश्वरप्रसाद रिजाल कार्यक्रममा भाग लिने धुलिखेल पुगेका थिए । भने निमित्त सचिवको पनि निमित्त बनेर अर्का सहसचिव लेखनाथ आचार्य फाइल उठाईरहेका देखिन्थे ।
कहाँ गए त मन्त्रालयका उच्च अधिकारीहरु ? धान दिवस छाडेर कार्यालय रित्तो बनाएर कृषि सचिव १५ दिने भ्रमणमामा निस्किएको मन्त्रालयका जनाएको छ । सचिवसँगै प्रशासन महाशाखाका सहसचिव काशीराज दाहाल, योजनाका सहसचिव योगेन्द्र कार्की लगायत एक दर्जन टोली सरकारी खर्चमा स्वीट्जरल्याण्ड पुगेको बताइएको छ । त्यसैगरी अर्का सहसचिव डा सुरेशबावु तिवारी भने कम्बोडियो गएका छन भने कृषि विभागका महानिर्देशक कोरिया पुगेका छन् । एक साता भन्दा बढी समय मन्त्रालय रित्तो हुने मन्त्रालय श्रोतले बताएको छ ।

प्रकाशित मिति: शनिबार, असार १७, २०७४