शनिबार, बैशाख ८, २०८१

आर्थिक अनियमितताका कारण महाप्रवन्धकलाई कार्यकक्षमा प्रवेश रोक

काठमाडौं, साउन । पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको दुग्ध विकास संस्थानका महाप्रवधन्क गंगाप्रसाद तिमिल्सेनाले कर्मचारी भर्ना एवं धूलो दूध खरिद प्रक्रियामा आर्थिक अनियमितता गरेको भन्दै दुग्ध विकास संस्थानमा कार्यरत सवै कर्मचारी संगठनहरुले महाप्रवन्धक तिमिल्सेनालाई कार्यकक्ष प्रवेशमा रोक लगाएको हप्ता वितिसकेको छ । कृषि मन्त्री हरिप्रसाद पराजुलीका पालामा नियुक्ति भएका तिमिल्सेनाले महाप्रवन्धक भएदेखि नै आर्थिक अनियमितता गर्न थालेका थिए । Ganga timilsena
भारतबाट आयात गरिएको धूलो दूध खरिद प्रक्रियामा समेत आर्थिक चखलेख गरेका उनले म्याद सकिन ३ महिना वाँकी धूलो दूध खरिद गरी त्यसैबाट दूध उत्पादन गरेका थिए । म्याद गुज्रिन लागेको अस्वस्थ्य दूध उपभोक्ताहरुलाई ख्वाएर महाप्रवन्धकले उपभोक्ताको स्वास्थ्य माथिनै खेलबाड गरेका छन् । तिमिल्सेना गरेका आर्थिक अनियमितताको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ । सो उजुरी माथि छानविन भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बताएको छ ।
कार्यालय भित्र नै हुने खरिद प्रक्रियामा अनियमितता मात्र होइन चितवनको दूध चिस्यान केन्द्रबाट आयोजनामा दूध आयात गर्दा समेत हरेक दिन ८ हजार लिटर दूधमा २ हजार लिटर पानी मिसाएर दैनिक ८० हजार एउटै चिस्यान केन्द्रमा अनियमितता गरेको समेत उजुरी परेको छ ।
त्यत्तिमात्र होइन केही महिना अगाडि कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाउँदा समेत लामो समयसम्म संस्थानमा नै काम गरेका कर्मचारीहरुलाई प्राथमिकतामा नपारी प्रति व्यक्ति ५ लाख रुपैयाँका दरले घुस लिएर भर्ना गरेको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । एमाले अध्यक्ष केपी ओली आफ्ना दाहिना भएकाले कसैले हल्लाउन नसक्ने बताउने दुग्ध विकास संस्थानका महाप्रवधन्क गंगाप्रसाद तिमिल्सेनाको रवैका कारण संस्थान भित्रकै एमाले निकट कर्मचारी संगठन समेत अहिले उनका विपक्षमा उभिएका छन् । –श्रृजना विष्ट

प्रकाशित मिति: बिहिबार, साउन १९, २०७४