बुधबार, बैशाख १२, २०८१

आफ्नै मन्त्रालयको स्थापना दिवसमा गएनन् दाहाल

काठमाडौं, पौष । कृषि विकास मन्त्रालयबाट विभाजन भएर बनेको पशुपन्छी विकास मन्त्रालयले  आफ्नो पहिलो स्थापनाका दिवस मनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार बनेदेखि सो मन्त्रालयले मन्त्री पाउन सकेको छैन । पशुपन्छी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री दाहाल सरकारले सम्हालेदेखि एक पटक पनि मन्त्रालय पुगेका छैनन् । आज पशुपन्छी विकास मन्त्रालय स्थापनाको अवसरमा मन्त्रालयले भव्य कार्यक्रम आयोजना गरेर प्रधामन्त्री एवं पशुपन्छी विकास मन्त्रीलाई प्रमुख अतिथि बनाएर कार्यक्रम तय गरेपनि दाहाल आफूले सम्हालेको मन्त्रालयको स्थापना दिवसमा पनि मन्त्रालय नजानु समग्र पशुपालनमा क्रियाशील किसानहरुका लागि अत्यन्तै पीडा भएका बताईरहेका छन् । p-dahal
संधै मन्त्री अभाव, सचिवहरुको पटक पटक परिवर्तनले एक बर्षको स्थापना दिवस मनाईरहंदा पशुपन्छी विकास मन्त्रालय टुहुरो मन्त्रालयका रुपमा स्थापित हुन पुगेको छ । प्रधानमन्त्री दाहालले आफूले सम्हालेका मन्त्रालयको कार्यक्रममा समाबेश नभएपछि सो कार्यक्रममा विशेष अतिथिका रुपमा पुगेका कृषि तथा जलश्रोत समितिका वरिष्ठ सदस्य अमृत बोहोराले नै प्रमुख अतिथि बन्ने अवसर पाएका छन् । भारतीय योग गुरु रामदेवको कम्पनी उद्घाटन गर्न बारा पुग्न सक्ने प्रधानमन्त्री एवं पशुपन्छी विकास मन्त्री पुष्पकमल दाहाललाई पशुपन्छी विकास मन्त्रालयको महत्व छैन भन्ने लाग्छ पनि किन मन्त्रालय ओगेटेर बसिरहेका छन् भन्ने प्रश्न उब्जन थालेको छ ।
प्रधानमन्त्री एवं पशुपन्छी विकास मन्त्री पुष्पकमल दाहाल सो मन्त्रालयको स्थापना दिवसमा पुग्न नसक्नु स्वयं दाहालका लागि पनि दुर्भाग्य हुने जस्तै होला । उनलाई मत दिएर पठाउने आम नेपाली पशुपालनमा क्रियाशील किसानहरुको माउ मन्त्रालय माथि उनले अन्याय गरेका कार्यक्रममा उपस्थितहरुको भनाई रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७३