शुक्रबार, चैत्र १६, २०८०

आधुनिक प्रविधिले धान उत्पादनमा बृद्धि

वीरगञ्ज, साउन १० । धान खेतीमा नयाँ प्रविधिको प्रयोग गरेसँगै धान उत्पादनमा बृद्धि भएको छ । पर्साको साविक मधुवन मथवल गाविस र सखुवा प्रसौनी गाउँपालिकाका किसानले नयाँ तरीकाले लगाएको चैतेधानको उत्पादन बढेको छ ।
पहिले प्रतिकठ्ठा तीन मन मात्रै धान उत्पादन हुँदै आएकोमा यो पटक नयाँ तरीकासँगै प्रतिकठ्ठा पाँच मनका दरले उत्पादन भएको किसानहरु बताउँछन् ।
नयाँ प्रविधिअन्तर्गत धान रोप्दा धानको बीउ तीन पात हुँदै रोक्नुपर्ने र गाभा पनि एक लाइनमा र अनि फराकिलो गरी रोप्नुपर्दछ । यसरी रोप्दा पछि धानको गाँज मोटाउन पाउने र गोडमेल गर्न पनि टिलर मेसिनको सहायताले छिटोछरितो अनि मलखाद लगाउन समेत निकै सहज हुने गरेको किसान गीता विडारीले बताइएन् ।
अहिले जिल्ला कृषि विकास कार्यालय पर्सामा बाली विकास कार्यक्रम अन्तर्गत धान खेतीका लागि ५ हेक्टरसम्मको व्लक हुने गरी किसानले समूह बनाएर आएमा अनुदान दिने गरिएको छ । बढ्दो धान चामल आयातलाई प्रतिस्थापन गर्ने लक्ष्यसहित नेपाल सरकारले पहिलोपटक पर्सामा नमूना धान व्लक निर्माण गरी किसानलाई अनुदान दिने र केही सीप टिलर मेसिन पनि दिने कार्यक्रम ल्याएकोजिल्ला कृषि विकास कार्यालयका प्रमुख वीरेन्द्र सिन्हाले बताए ।

प्रकाशित मिति: बुधबार, साउन ११, २०७४