बिहिबार, चैत्र १५, २०८०

आधुनिक प्रविधिबाट घांस उत्पादन अत्यावश्यक

काठमाडौं, माघ । नेपालमा व्यावसायिक रुपमा पशुपालन व्यवसाय फस्टाउंदै गर्दा पशुहरुका लागि पोषणयुक्त आहारको अभाव दिनप्रतिदिन बढ्दै गईरहेको छ । जसरी पशुपालन व्यवसाय तर्फ किसानहरुको आकर्षण बन्दै गईरहेको त्यसरी नै आहारा अभावका कारण पशुपालन गरिरहेका किसानहरु व्यवसायबाट नै पलायत हुने खतरा बढिरहेको छ । किसानहरुले गुणस्तरहिन दाना वाध्यताका कारण प्रयोग गरेकै कारण पशुपालनबाट किसानहरुले उचित प्रतिफल पाउन सकेका छैनन् । च्याउ उम्रेसरी खुलेका दाना उद्योगहरुले उत्पादन गरेका दानाको गुणस्तर मापन गर्ने निकाय सुस्ताएका कारण पनि किसानहरु प्रत्यक्ष मारमा परेका मात्र होइन् । त्यसैका कारण पशुहरुमा विभिन्न रोगहरु पनि बढ्दै गईरहेको स्वयं पशु चिकित्सकहरु बताउंछन् । green prabidhi
पशुहरुलाई पोषणयुक्त घांसको विकल्पका रुपमा दाना हुन नसक्ने बरु नयां प्रविधि विस्तार गरी घांस उत्पादनमा नै जोड दिएर लागत मूल्य समेत घटाउन सकिने सो क्षेत्रमा काम गर्ने विज्ञहरुले बताउंदै आईरहेका पनि छन् । विश्वव्यापी रुपमा हेर्ने हो भने व्यावसायिक रुपमा पशुपालन गरिरहका ठूला किसानहरुले आफ्ना पशुबस्तुहरुलाई पोषण युक्त घांस नै प्रयोग गरिरहेको देखिन्छ । जुन घांस जुनसुकै समयमा पनि थोरैलागतमा उत्पादन गर्ने गरेका छन् ।
कृषि विकास मन्त्रालयले विगतदेखि नै पशुपालन व्यवसायलाई परम्परागत नभै व्यावसायिक नै बनाउनु पर्दछ भन्ने कुरामा जोड समेत दिंदै आएको छ । यद्यपी अहिल मन्त्रालय विभाजन पश्चात पशुपंक्षी विकास मन्त्रालयले पनि नेपालको कृषि क्षेत्रमा आत्मनिर्भरतातिर अगाडि बढिरहेको पशुपंक्षी पालन एवं दुग्ध उत्पादनलाई अझ प्रभावकारी ढंगले लैजानु पर्ने देखिन्छ । किसानहरुले उत्पादन गर्ने दूध जन्य होस् वा मासु जन्य उत्पादनको लागतमूल्य घटाउनु पहिलो आवश्यकता टड्कारो देखिन्छ । त्यसका लागि विश्वव्यापी प्रचलनमा रहेका घांस उत्पादन प्रविधिहरु अपनाउनुको विकल्प दाना प्रयोग गर भन्नु किसानहरुका लागि घातक हुन सक्ने देखिन्छ ।
नेपालमा पनि भर्खरै मात्र थोरै लागतमा हरेक समय पोषणयुक्त घांस उत्पादन गर्ने प्रविधि विस्तार गरी किसानहरुले अझ बढी फाइदा लिन सकुन् भन्ने ध्येयले नेपाल इन्जिनियरिङ् कलेजका कार्यकारी अध्यक्ष लम्वोदर न्यौपानेको अगुवाईमा सो कलेजको अनुसन्धान विकास विभागले अनुसन्धान गरी पोषण युक्त घांस उत्पादन शुरुवात गरिसकेको छ ।
हरेक दिन प्रति रोपनी प्रति दिन २० हजार किलो घांस उत्पादन गर्ने प्रविधिलाई ग्रामिण भेगसम्म पु¥याउन आफूहरु लागिरहेको सो कलेजका कार्यकारी अध्यक्ष लम्वोदर न्यौपाने बताउंछन् ।
नयां प्रविधिबाट उत्पादन गरिने पोषण युक्त हरियो घांस नेपालको जुनसुकै हावापानीमा पनि उत्पादन गर्न सकिने भएकाले किसानहरुले फाइदा लिन सक्ने समेत बताइएको छ । उक्त घांस गाईभैसी, भेडाबाख्रा मात्र होइन बंगुर, तथा हांस कुखुरा लगायतका पंक्षी जन्य बस्ुतका लागि अत्यन्तै लाभदायक र पोषक आहारका रुपमा मानिन्छ ।
माटोको आवश्यक नपर्ने यो घांस उत्पादन प्रविधिबाट उत्पादन गरिएको घांसको उपभोग गराएका पशुबस्नुहरुमा गाईभैसीको दूधमा २० प्रतिशतसम्म बृद्धि तथा १५ प्रतिशतसम्म फ्याटबृद्धि हुने न्यौपाने बताउंछन् । त्यतिमात्र होइन दानाको सट्टा आफ्नै घरमा यो घांस उत्पादन गरी खसी, बाख्रा, बंगुर कुखुरालाई प्रयोग गर्ने हो भने ती पशुपंक्षीको तौलमा २० प्रतिशतसम्म बृद्धि हुने नेपाल इन्जिनियरिङ् कलेज अनुसन्धान विकास विभागको दावी समेत छ ।
अहिले पशुपंक्षीलाई दाना प्रयोग गरिरहेका किसानहरुले यो घांस प्रयोग गर्ने हो भने पशुपंक्षी आहारका लागि गरिएको लागत मूल्यमा ५० प्रतिशत कमी आउने छ । पशुपंक्षीको कूल तौलको १० प्रतिशत यो घांस ख्वाउने हो भने पशुबस्तुलाई आवश्यक सम्पूर्ण पोषकतत्व उपलब्ध हुने बताइएको छ । यसका साथसाथै यो घांस प्रयोग गरिएका पशुबस्तुहरुमा रोगसंग प्रतिरोध गर्न सक्ने क्षमतामा समेत बृद्धि भई अनावश्यक औषधी समेत प्रयोग गर्नु नपर्ने देखिन्छ । कुखुरा, र्हांस लगायतका पंक्षीहरुलाई बेला बेलामा हुने रोगहरुलाई समेत यो घांसमा पाइने पोषक तत्वका कारण रोग न्यूनिकरण गर्नमा समेत मद्दत पुग्ने न्यौपानेको धारणा छ । भने यो घांस ख्वाइएका ब्रोइलर कुखुरा र स्थानीय जातका कुखुराको मासुको स्वाद उस्तै उस्तै हुने बताउंदै न्यौपानेले भने यो घांस ख्वाईएपछि कुनै पनि प्रकारका दाना पशुपंक्षीलाई ख्वाउनु पर्दैन ।

प्रकाशित मिति: आइतवार, माघ २४, २०७२