बुधबार, बैशाख १२, २०८१

आत्मनिर्भर बन्नका लागि विदेशी लगानी उचित : प्रचण्ड

काठमाडौं, असार । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कृषि क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी नेपाली कृषि क्षेत्र आत्मनिर्भर हुने भएमा मात्र स्वीकार्य हुने बताएका छन् । काठमाडौंमा राष्ट्रिय किसान आयोगले आयोजना गरेको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका विषयक विचार गोष्ठिमा बोल्दै पूर्व प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् । newspho
देशलाई आत्मनिर्भर बनाउने कुरामा विदेशी लगानी कृषिमा लागि स्वीकार गर्न सकिने भएपनि कृषि क्षेत्रको विकास नहुने गरी कुनै पनि देशले गर्ने कृषिको लगानी स्वीकार्य नहुने उनले बताए ।
कार्यक्रममा बोल्दे प्रधानमन्त्री दाहालले देशको प्रतिष्ठामा कुनै असर नपर्ने गरी वैदेशि लगानी भित्र्याउन सकिने उल्लेख गर्दै त्यसका लागि पनि राष्ट्रको आवश्यकतालाई पहिचान गरी सोही पहिचानका आधारमा मात्र कृषि क्षेत्रको प्रविधिका क्षेत्रमा उत्पादकत्व बृद्धि गराउने नियतले मात्र विदेशी लगानी गर्नु पर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रसका नेता शंकाश कोइराला, पूर्व मन्त्रीहरु हरिवोल गजुरेल, केशव बडाल लगायतका वक्ताहरुले वैदेशिक प्रत्यक्ष लगानीका कारण हुने सक्ने सकारात्मक एवं नकारात्मक दुवै पक्षमा आआफ्नो तर्क राखेका थिए ।

प्रकाशित मिति: बिहिबार, असार २२, २०७४