शुक्रबार, बैशाख ७, २०८१

आत्मनिर्भरताका लागि मन्त्रीले राखे तीन वर्षको म्याद

काठमाडौं, साउन । तीन वर्षभित्र अण्डा, मासु र दूधमा आत्मनिर्भर हुने म्याद पशुपन्छी विकास मन्त्री सन्तकुमार थारुले थपेका छन् । पशुपन्छी विकास मन्त्रालय गठन लगतै तात्कालिन पशुपन्छी विकास मन्त्री शान्ता मानवीले पहिलो वर्षमा अण्डा, दोस्रो वर्षमा मासु र तेस्रो वर्षमा दूधमा आत्मनिर्भर हुने भन्दै ४० बुँदे प्रतिवद्धता सार्वजनिक गरेकी थिईन । सार्वजनिक गरेको प्रतिवद्धतामा तीन वर्षभित्र अण्डा, मासु र दूधमा आत्मनिर्भर बन्ने घोषणा लाई प्रमुख प्राथमिकता दिएको भएपनि दुई वर्ष वित्न लागेको छ । दुई वर्षभित्र अण्डा र मासुमा आत्मनिर्भर भईसक्नु पर्ने प्रतिवद्धता पूरा हुन छाँटकाँट देखिएको छैन । banner
‘नाँच्न जाँन्दैन आँगन टेडो’ भने झै पशुपन्छी विकास मन्त्रालय स्थापना लगत सार्वजनिक गरेको तीन वर्ष योजना पूरा हुन नसक्नुमा मन्त्रालयका अधिकारीहरु एउटा न एउटा बहान भने बनाउन पछि पर्दैनन् ।
अहिले फेरि पशुपन्छी विकास मन्त्री तीन वर्षे भाका राखेर अण्डा, मासु र दूधमा आत्मनिर्भर हुने आश्वासन बाँडेका छन् । मन्त्री थारुले तीन वर्षभित्र कुन आधारमा आत्मनिर्भर हुने भन्ने विषय प्रष्ट पार्न सकेका छैनन् ।
पशुपन्छी विकास मन्त्रालयको बजेट विगतमा जस्तो जिल्ला पशु सेवा कार्यालयले निर्धारण गरेका कार्यक्रम तथा योजनाहरुमा खर्च गर्न सक्ने अवस्था पनि देखिएको छैन । मन्त्रालयले जिल्लाका कर्मचारीलाई तलव खुवाउने बाहेकेका कुनै पनि बजेट आफूसँग राखेको देखिदैन ।
स्थानीय तहको निर्वाचन पश्चात पशुपन्छी विकास मन्त्रालयको स्थानीय स्तरमा वा जिल्ला तहमा हुने पशु विकास कार्यक्रमका बजेटहरु स्थानीय तहमा नै पठाईसकिएको देखिन्छ । तर सो बजेटको शर्तसहितको बजेट बाहेक अरु बजेट स्थानीय तहमा गएपनि पशुपन्छीको विकासका लागि भन्दा पनि अन्य क्षेत्रमा खर्च गरिने देखिएकोले पनि मन्त्री थारुले भने जस्तो तीन वर्षभित्र अण्डा, मासु र दूधमा आत्मनिर्भर हुने सम्भावना देखिंदैन ।
मन्त्रालयले अण्डा, मासु र दूधमा आत्मनिर्भर हुनका अर्को तीन वर्ष तोक्नुले यो आत्मनिर्भरको विषय पनि उखान नबन्ला भन्न सकिन्न । मन्त्रालयले स्थानीय तहमा पठाएको रकम उत्पादन बढाउने कार्यक्रम र योजनाका लागिस्थानीय तहले छुट्याएकै देखिंदैन यस्तो अवस्थामा मन्त्री थारुले के आधारमा तीन वर्षमा आत्मनिर्भर हुने भाषण गरिरहेको छन् भन्ने प्रश्न उब्जिएको छ ।

प्रकाशित मिति: बिहिबार, साउन २६, २०७४