शुक्रबार, चैत्र १६, २०८०

आज दहीच्यूरा खाने दिन

काठमाडौँ, असार १५ । असारको १५ गते नेपालीले दहीच्यूरा खाएर खुसियाली मनाउने परम्परा छ । धान रोपाइँको चटारोमा रहेका किसानले खेतमै दहीच्यूरा खाएर रोपाइँ गर्ने चलन छ । आयुर्वेदमा दहीलाई पाचन प्रणाली सक्रिय गराउने खाद्यवस्तुका रूपमा लिइएको छ ।
ज्योतिष एवं संस्कृतिका जानकार डा. सुनिल सिटौलाका अनुसार मौसम, पर्यावरण र वातावरण अनुकूलको भोजन गर्ने परम्परा रहेकाले वर्षाद्को बेलामा दहीच्यूरा भोजन गर्ने चलन चलेको हो । भकारीमा राखिएका अन्न सकिएर अन्नको जोहो हुन नसक्ने यस महिनामा धान कुटेर बनाइएको च्यूरा खाने चलन चलेको उहाँको भनाइ छ । वर्षाद्मा आकाशेपानीले ढाडिएको शरीरलाई ऊर्जामय बनाउन दहीच्यूरा खानु स्वास्थवद्र्धक हुने वैद्य सुवर्ण वैद्यले बताए ।

प्रकाशित मिति: बिहिबार, असार १५, २०७४