बिहिबार, बैशाख १३, २०८१

आजदेखि क्षतिपूर्तिसहितको नागरिक बडापत्र लागू

काठमाडौँ, पुस १। कृषि कार्यालयमा किसानहरुले सहज रुपमा सेवा नभएका कारण कतिपय  अवस्थामा त्यसले असर पारेको गुनासा आएपछि कृषि विभागले विभाग मातहतका कार्यालयमा क्षतिपूर्तिसहितको नागरिक बडापत्र आजदेखि कार्यान्वयनमा ल्याएको छ । सो नागरिकवडापत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा र कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले संयुक्तरूपमा सुरुवात गरेका हुन् ।
badapatraसो समारोहमा प्रमुख अथितिका रुपमा बोल्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि वाँस्कोटाले चीनमा कृषि क्षेत्रमा लाग्नेहरु मालामाल भएको उल्लेख गदै नेपाली किसानहरुलाई पनि चीनका किसान जस्तै बनाउनु पर्ने बताए । सो अवसमार कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले नागरिक वडापत्र कार्यान्वयनमा चुनौति रहेको भन्दै काम अनुसारको मूल्यको क्षतिपूर्ति नागरिक वडापत्रमा भएकाले पनि नागरिकहरुको कामप्रति कर्मचारीहरु बफादारहुने समेत बताए ।
सचिव खनालले कृषि विकासको लागि आफूहरु लगनशील भएर काम गर्न प्रतिवद्धता जनाउँदै कृषि क्षेत्रको विकास का लागि आईपिएम पद्दतीमा जान खोजिरहेका समेत खुलासा गरे ।
सो कार्यक्रम पछि संक्षिप्त जानकारी दिँदै कृषि विभागका महानिर्देशक लीलाराम पौड्लले यो वडापत्रले जनताप्रति जवाफदेहिता बढेको बताए । कुनै पनि सेवाग्राहीलाई तत्काल सेवा प्रदान गर्नका लागि क्षतिपूर्ति सहितको नागकिरवडापत्र महत्वपूर्ण भएको समेत महानिर्देशक पौडेलले कृषिअनलाईनलाई बताए ।
२०७० पुस १ गतेदेखि कार्यान्वयनमा आएको सो वडापत्र यस आर्थिक वर्षको पुस मसान्तसम्ममा विभागअन्तर्गतका सबै कार्यालयमा लागू गरिसक्ने उनले जनाकारी दिएका छन्
कार्यालयहरूद्वारा सेवाग्राहीलाई प्रदान भइराखेका सेवालाई अझ चुस्त बनाउने ध्येयले विभागले आफू मातहतका १०५ वटा कार्यालयमा २६ बुँदे बडापत्र कार्यान्वयनमा ल्याएको हो ।

प्रकाशित मिति: सोमवार, पुस १, २०७०