मङ्लबार, बैशाख ११, २०८१

आचार संहिता उल्लंघन गर्दै गौतम अष्ट्रेलिया

काठमाडौं, चैत्र । कृषि विकास मन्त्रालयको नियमित कार्यक्रम अन्तर्गत तेस्रौ चौमासिकको समिक्षा गोष्ठि गर्ने सम्पन्न गर्नका लागि निर्वाचन आयोगले आचार संहिता लागको भन्दै रोकेको छ । तर त्यही निर्वाचन आयोगले भने कृषि विकास मन्त्रालयबाट यही अवधिमा विदेशमा गोष्ठिमा जानेलाई भने रोक्न सकेको छैन । विदेश शयर गर्नका लागि आचार संहिता नदेख्ने निर्वाचन आयोगले समिक्षा गोष्ठिलाई आचार संहितामा राख्नु कति उचित होला ? seskant gautam
यति खेर कृषि विकास मन्त्रालय मातहतमा रहेको चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतम अष्ट्रेलिया पुगेका छन् । केही दिन अगाडि मात्र वेलायत पुगेर फर्केका उनी साता दिन पनि नवित्दै कफीको कार्यक्रम भन्दै अष्ट्रेलिया पुगेका हुन् ।
गोष्ठि गर्न रोकेको अवस्थामा गौतमको विदेश भ्रमणका बारेमा मन्त्रालयका अधिकारीहरु मौन बसेका छन् । गौतमको यो भ्रमणलाई निर्वाचन आयोगको आचार संहिताले लाग्नु पर्ने होइन ? चिया तथा कफी उत्पादन गर्ने किसानहरु लागत मूल्य नपाएको भन्दै छट्पटाईरहेका बेला तिनै किसानको नाममा निर्वाचन आयोगको आचार संहितालाई अटेर गरी बोर्डका कार्यकारी निर्देशक विदेश भ्रमणमा मस्त हुनुले कृषि विकास मन्त्रालयको प्रशासन संयन्त्र कसरी चलिरहेका छ भन्ने उदाङ्गो भएको छ ।
कफी कार्यक्रममै मन्त्रालयका प्रशासन महाशाखाका प्रमुख सहसचिव काशीराज दाहाल कार्यकारी निर्देशक कै टोलीमा अष्ट्रेलिया पुगेका छन् भने अर्का सहसचिव लेखनाथ आचाई पनि रोम पुगेका छन् । धिरेन्द्र बस्नेत

प्रकाशित मिति: शनिबार, चैत्र १९, २०७३